जनकपुरको शिक्षा क्षेत्रमा 'मोनाष्टिक' को भूमिका अपरिहार्य : ट्राफिक प्रमुख घिमिरे
वार्षिक खेलकूद समारोहमा स्वीट रेस, बनाना रेस, दौड, बकेट बल जस्ता खेलहरु खेलाइएको थियो ।

२०७६ माघ २६ आइतबार, राति ९:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका ट्राफिक प्रहरी प्रमुख पर्शुराम घिमिरेले जनकपुरको मोनाष्टिक विद्यालय शिक्षा क्षेत्रमा गहन योग्दान दिएको भन्दै प्रशंसा गर्नुभएको छ ।
मोनाष्टिक स्कूलद्धारा आईतबार आयोजित वार्षिक खेलकूदको उदघाटन कार्यक्रममा बोल्दै टरफिक प्रमुख घिमिरेले शिक्षा क्षेत्रको गुणस्तरीयताको उदाहरण दिएको भन्दै प्रशंसा गर्नुभयो । विद्यालयका प्रबन्धक निर्देशक डा. सोनु साहको अध्यक्षता तथा प्रहरी नीरिक्षक समेत रहनुभएका घिमिरेको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा उहाँले शिक्षा क्षेत्रमा योग्दानको चर्चा गर्नुभयो ।
वार्षिक खेलकूद समारोहमा स्वीट रेस, बनाना रेस, दौड, बकेट बल जस्ता खेलहरु खेलाइएको थियो । खेलकको क्रममा पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त बिद्यार्थीहरुलाई पुरस्कार र मेडल वितरण गरिएको थियो । मेडल वितरण गर्दै ट्राफिक प्रमुख घिमिरेले शिक्षाको उत्तम परिभाषालाई मोनाष्टिकले प्रकाश पारेको बताउनुभयो ।

कार्यक्रममा स्वीट रेस,बनाना रेस,दौड,बकेट बलमा पहिलो,दोस्रो र तेस्रो स्थान प्राप्त गरेका बिद्यार्थीहरुलाई पुरस्कार र मेडल वितरण गरिएको थियो । कार्यक्रममा विद्यालयकी संस्थापिका वीणा देवी साह लगायत बिद्यार्थी, शिक्षक एवं कर्मचारीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…