शहिदनगर नगरपालिकाको बजेट ४३ करोड बढी
मुलुककै कान्छो मेयर भनेर चिनिन थालेपछि अन्य ठाउँको तुलनामा मेयर बरबरियाको नगर परिषद्मा जनसागर ओर्लेको देखियो ।

२०७४ पुस २९ शनिबार, बेलुकी ७:२५ बजे३ मिनेट पढाइ

जनकपुरधाम, २९ पुस ।
नेपालकै कान्छो मेयर भनेर नेपालको इतिहासमा आफनो नाम दर्ज गराउन सफल धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले नगरको लागि ४३ करोड बढी रकमको बजेट प्रस्तुत गरेका छन् ।
शुक्रबार नगर परिषद् सम्पन्न गर्दै मेयर बरबरियाले नगर विकासको लागि जम्मा ४३ करोड ८२ लाख ११ हजार रुपैयाँ बजेट विनियोजन गरेका छन् ।
बरबरियाकै अध्यक्षतामा भएको नगर परिषद्बाट आर्थिक बर्ष २०७४ ७५ को लागि त्यतिको बजेट विनियोजन गरेका हुन् ।

अनुमानित बजेट प्रस्तुत गर्दै बरबरियाले आन्तरिक राजस्व १ करोड, राजस्व बाँडफाँडबाट रु. २५ लाख रकम प्राप्त हुने भनेर सार्वजनीकिकरण गरे ।
यसका साथै नेपाल सरकारबाट स्थानीय तहलाई वित्तिय सम्नीकरण रु. २२ करोड ७० लाख ७२ हजार र सशर्त अनुदान रु. १० करोड ३४ लाख १६ हजार समेत समावेश गरिएको छ ।
चालु आर्थिक बर्ष २०७३ ७४ को बाँकी चालु अनुदान रु ५ लाख २८ हजार, पुँजीगत अनुदान रु. १ करोड ७२ लाख ५१ हजार, आन्तरिक स्रोत रु. ९ करोड ७ लाख १ हजार , समाजिक सुरक्षा भत्ता रु. ४ लाख २४ हजार, संघीय संरचना पूर्वाधार विकास कार्यक्रममा बाँकी चालु अनुदान १३ लाख १८ हजार, पँुजीगत अनुदानमा ६४ लाख ६५ हजार समेत समावेश गरिएको भनेर सुनाए ।

यस्तै, किशोरी शिक्षा कार्यक्रम युनिसेफमा रु. ५ लाख ६७ हजार, सँघीय मामिला तथा स्थानीय मन्त्रालयबाट स्थानीय शासन तथा स्थानीय विकास मन्त्रालयबाट समाजिक सुरक्षा कार्यक्रममा रु. ५ करोड २९ लाख ७७ हजार, सडक बोर्डबाट अनुमान गरिएको रु. २५ लाख समेत गरी जम्मा ४३ करोड ८२ लाख ११ हजार को आम्दानी अनुमान गरिएको हो ।
परिषद्मा खर्च प्रस्तुत गर्दै मेयर बरबरियाले चालु खर्च तर्फ रु. ३ करोड २३ लाख ४६ हजार र पुँजीगत खर्च तर्फ रु. १९ करोड ४७ लाख २६ हजार समेत रु. २२ करोड ७० लाख ७२ हजार तय गरिएको छ ।
उपर्युक्त खर्चमा नगरपालिकाको प्रशासनीक खर्च, समाजिक सुरक्षा भत्ता, सशक्तिकरण, सीप विकास तथा लक्षित समुह विकास, शिक्षा, स्वास्थ्य, व्यवस्थापन सहितमा दर्साइएको हो ।
जिल्ला समन्वय समिति धनुषाका सभापति रामदेव बनरैतको प्रमुख आतिथ्यमा सम्पन्न नगर परिषद्बाट नगरको चौतर्फी विकासको लागि बरबरियाले गरेको बजेट सार्वजनीकीकरणको जनसमुदायले प्रसँशा गरेका थिए ।
कान्छो मेयरलाई हेर्न ओर्ले जनसागर
मुलुककै कान्छो मेयर भनेर चिनिन थालेपछि अन्य ठाउँको तुलनामा मेयर बरबरियाको नगर परिषद्मा जनसागर ओर्लेको देखियो ।

परिषद्मा धनुषाका विभिन्न नगरपालिका, गाउँपालिकाको प्रमुख सहित विभिन्न सरकारी तथा गैर सरकारी सँस्थाको प्रतिनीधिहरुको बाक्लो उपस्थितिले मेयर बरबरियाको शानलाई प्रकाश दिरहेको देखियो ।
विगतमा हुदैँ आएको परिषद्हरुको तुलनामा जहाँ सयौँ जनाको उपस्थिति बढी मानिन्थ्यो उत्ता नगर परिषद्मा बरबरिया मुख्या आकर्षण बनेका थिए भने उनलाई हेर्नको लागि पनि हजारौको सँख्यामा जनशैलाव आएका थिए ।

परिषद्मा बजेट प्रस्तुत गर्दै मेयर बरबरियाले नगरको हकहितको लागि, नगरलाई स्मार्ट सिटीको लागि सहित कृषिमा नव क्रान्तीको लागि पनि प्रतिवद्धता जाहेर गरे ।

सहिदनगर नगरपालिकाको ४३ करोड ८२ लाख बजेट प्रस्तुत सहिदनगर नगरपालिकाको प्रथम नगर सभाबाट २०७४र७५को निति तथा बजेट ४३ करोड ८२ लाख पारित एबम सार्बजनिकरण गरिएको छ ।
मेयर उदय कुमार बरबरियाको अध्यक्षता र जिल्ला समन्वय समिति धनुषाका सभापति रामदेब बनरैतको प्रमुख अतिथिय नगर शभाको पहिलो सत्र सम्पन्न भएको छ ।कार्यक्रम भब्यताका साथ मनाइएको थियो ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…