प्रदेश २ मा गरिबीको दर चिन्ताजनक
न्यूज ब्यूरो, जनकपुरधाम । सबैभन्दा बढी गरिबी प्रदेश २ मा देखिएको छ । प्रदेश २ को नीति आयोगले गरिबीको दर उच्च रहेको र मानव विकास सूचांक निकै खस्किएको प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनमा सबैभन्दा बढी बहुआयामिक गरिबी दर झन्डै ४८ प्रतिशत देखाइएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ । गास,

२०७६ माघ २६ आइतबार, बिहान ९:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सबैभन्दा बढी गरिबी प्रदेश २ मा देखिएको छ ।
प्रदेश २ को नीति आयोगले गरिबीको दर उच्च रहेको र मानव विकास सूचांक निकै खस्किएको प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनमा सबैभन्दा बढी बहुआयामिक गरिबी दर झन्डै ४८ प्रतिशत देखाइएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।
गास, बास, कपासको समस्या र बिरामी हुँदा उपचार गराउन नसक्ने अवस्थालाई बहुआयामिक गरिबीको सूचीमा राखिएको छ । प्रदेशको नीति आयोगको पञ्चवर्षीय योजनाको आधारपत्रमा बहुआयामिक गरिबी दर ४७.९ प्रतिशत छ । नेपालको बहुआयामिक गरिबी दर २८.६ प्रतिशत छ ।
बहुआयामिक गरिबीमा प्रदेश २ दोस्रो नम्बरमा छ। आर्थिक गरिबी दर प्रदेशमा २७.७ प्रतिशत छ । नेपालको समग्र आर्थिक गरिबी २५.२ प्रतिशत छ । आर्थिक गरिबी दरमा प्रदेश २ तेस्रो नम्बरमा छ । मानव विकास सूचांकमा भने पुछारमा छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…