नेपाल कुशवाहा कल्याण समाजद्धारा मिर्चैयामा रक्तदान
न्यूज ब्यूरो, सिरहा । नेपाल कुशवाहा कल्याण समाज सिरहाद्धारा मिर्चैयामा रक्तदान कार्यक्रम गरिएको छ । समाजले शनिबार मिर्चैयास्थित कटारी चोकमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन् । रगतको बढ्दो मागलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम गरिएको जिल्ला कार्यसमिति सदस्य अकलदेव सिंहले जा

२०७६ माघ २५ शनिबार, राति ९:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । नेपाल कुशवाहा कल्याण समाज सिरहाद्धारा मिर्चैयामा रक्तदान कार्यक्रम गरिएको छ ।
समाजले शनिबार मिर्चैयास्थित कटारी चोकमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन् । रगतको बढ्दो मागलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम गरिएको जिल्ला कार्यसमिति सदस्य अकलदेव सिंहले जानकारी दिए ।
रक्तदान कार्यक्रममा वक्ताहरुले रक्तदान कार्यक्रम आयोजना गरी रगत संकलन गरिनुले रगतको अभावमा अकालमै ज्यान गुमाउनु पर्ने परिस्थितिको अन्त्य गर्न ठूलो टेवा पुग्ने धारणा व्यक्त गरेका थिए । रक्तदान कार्यक्रममा सहभागी भएर रक्तदान गर्ने व्यक्तिहरुलाई आयोजकले धन्यवाद ज्ञापन गर्दै निरन्तर साथ, सहयोग एवं सहकार्यको लागि अपिल गरे ।
समाजले नेपाल रेडक्रस सोसाइटी उपशाखा मिर्चैया, उद्योग व्यापार संघ मिर्चैया, पतञ्जली योग पिठ मिर्चैया लगायतकासँग सहकार्य गरेर रक्तदान कार्यक्रम गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…