जनकपुरको राराबमा पढनै अब चुनौति भयो : वक्ताहरु
पूर्वाग्रह राजनीतिका कारण विद्यार्थीहरु अध्ययन अध्ययापन भन्दा पनि अर्कै तिर मोड लिएको बताईएको छ ।

२०७६ माघ २५ शनिबार, बिहान १०:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कुनै बेला नेपालकै प्रख्यात र त्रिभुवन विश्वविद्यालयको सबभन्दा उत्कृष्ट जनकपुरको राराब क्याम्पसमा पढन अहिले चुनौति भएको वक्ताहरुले बताएका छन् ।
शुक्रबार राराब क्याम्पसमा अनेरास्वीयू धनुषाको आयोजनामा आयोजित वक्तत्वकला प्रतियोगिताको क्रममा वक्ताहरुले राराबको वर्तमान अवस्था चुनौतिपूर्ण रहेको भन्दै यहाँ पढनको लागि पनि ठुलै चुनौति रहेको बताएका छन् ।
“राराब क्याम्पसमा पढ्ने विद्यार्थीहरुको अबसर र चुनौती” विषयक वक्तत्वकला प्रतियोगितामा सहभागी प्रतियोगीहरुले कुनै बेला नामाँकन गराउन समेत विधि पुरयाउनुपर्ने अवस्था रहेकोमा अहिले राजनीतिका कारण अवस्था ध्वस्त भएको बताएको हो । पूर्वाग्रह राजनीतिका कारण विद्यार्थीहरु अध्ययन अध्ययापन भन्दा पनि अर्कै तिर मोड लिएको बताईएको छ ।

अखिलको जिल्ला संयोजक आर.पी यादवको अध्यक्षता तथा पूर्व विद्यार्थी नेता उमेश यादवको प्रमुख आतिथ्यमा सम्पन्न उक्त प्रतियोगिताका प्रतियोगितहरुलाई पुरस्कार समेत वितराण गरिएको हो । अनेरास्ववियू बरिष्ठ केन्द्रिय सदस्य सुर्य नारायण साह, केन्द्रीय सदस्य तथा पुर्ब धनुषा इन्चार्ज राजकिशोर यादव ,केन्द्रिय सदस्य संजाय महतो केन्द्रिय सदस्य अन्जना सिवाकोटीको विशिष्ट आतिथ्ययमा प्रतियोगिता सम्पन्न भएको थियो ।
प्रतियोगिताका सहभागीमा बिक्रम गामी प्रथम स्थान हाँसिल गरेका छन् भने दोस्रो स्थान अर्पन पौडेल र प्रमित साह , तथा तेस्रो रन्जित शर्माले हाँसिल गरेको विद्यार्थी नेता आदर्श मण्डलले जनाए ।
मण्डलका अनुसार, सहभागी २० जना मध्ये यी ४ जना लाई नगद पुरस्कार क्रमश १५००, १००० र ५०० सहित डायरी र प्रमाणपत्र समेत प्रदान गरिएको थियो । सो क्रममा प्रथम पुरस्कार बरिष्ठ केन्द्रिय सदस्य सुर्यनारायण साह र दोस्रो केन्द्रिय सदस्य राजकिशोर यादव, केन्द्रिय सदस्य अन्जाना सिवाकोटी र तेस्रो आरपी यादवले वितरण गरेका थिए ।
सो कार्यत्रममा धनुषा सह–संयोजक शिव चन्द्र झा ,विद्यार्थी नेता आदर्श मंडल ,अरुण यादव ,सन्तोष मारिक,मनोज महतो,अजय दास,किरण कापड ,राराब नेता चन्दन यादव ,राजु प्रतिहस्त ,रबिन्द्र यादव लगायत उपस्थित रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…