" टेरी कलेज" सँग मुस्कुराए अभिभावक
जनकपुरधाम, २७ पुस । भारतको हरियाणा स्थित रहेको टेरी टेक्नोलोजी एजुकेशन एण्ड रिसर्च इन्टेग्रेटेड ईन्स्टीच्युशनसँग स्थानीय अभिभावक विश्वास पाएका छन् । हरियाणाको कुरुक्षेत्र स्थित रहेको यस कलेजमा सयौँ नेपाली विद्यार्थीहरु अध्ययण अध्यापनको लागि गएका छन् । घरबाट पर गएका नेपाली विद्यार्थीहरुको अध्ययन अध्य

२०७४ पुस २७ बिहीबार, राति ११:०८ बजे१ मिनेट पढाइ

जनकपुरधाम, २७ पुस ।
भारतको हरियाणा स्थित रहेको टेरी टेक्नोलोजी एजुकेशन एण्ड रिसर्च इन्टेग्रेटेड ईन्स्टीच्युशनसँग स्थानीय अभिभावक विश्वास पाएका छन् ।
हरियाणाको कुरुक्षेत्र स्थित रहेको यस कलेजमा सयौँ नेपाली विद्यार्थीहरु अध्ययण अध्यापनको लागि गएका छन् ।
घरबाट पर गएका नेपाली विद्यार्थीहरुको अध्ययन अध्यापनलाई मध्यनजर गर्दै विहिबार जनकपुरमा कलेजका सल्लाहकार र निर्देशक स्थानीय अभिभावकहरुसँग भेटघाट कार्यक्रम गरेका छन् ।

भेटघाटमा कलेजका सल्लाहकार डा. एमपी गुप्ता तथा निर्देशक डा. सागर गुलाटी अभिभावकहरुसँग व्यक्तिगत भेट गरी कलेजसँगको अपेक्षा र सल्लाहबारे छलफल गरेका हुन् ।
आफनो ठाउँबाट विदेश पढन जाँदा अभिभावकलाई हुने गरेको चिन्ता तथा खुलदुलीलाई कम गर्ने उदेश्यका साथ गरिएको भेटघाट कार्यक्रममा अभिभावकहरुले मनमा थप आसा पलाएका हुन् ।
भेटघाट कार्यक्रममा पालोपालै स्थानीय अभिभावकहरुले भेट गरी कलेजलाई दिनुपर्ने सल्लाह र अपेक्षाबारे खुलेर कुरा गरेका थिए ।
कलेजमा विद्यार्थीहरुको समस्या तथा त्यसको समाधान बारे लिन आएको सल्लाहको क्रममा सल्लाह लिँदै कलेजका प्राध्यापकहरुले सल्लाहलाई प्राथमिकताका साथ कार्यन्वयन गर्ने प्रतिवद्धता जनाए ।

कलेजमा पढन गएका विद्यार्थीहरुको बुझाई र गुनासोलाई मध्यनजर गर्दै लोकल गार्जीयन एजुकेशन प्रा.लि. को व्यवस्थापकमा भेटघाट कार्यक्रम आयोजना गरिएको थियो ।
भेटघाट कार्यक्रममा हर्षित हुँदै प्रध्यापकद्धयले कलेजको १२ औँ स्थापना दिवसको अवसरमा नेपाली विद्यार्थीहरुको लागि बर्ष सन् २०१८ को लागि विशेष छात्रवृतिको घोषणा समेत गरे ।
कार्यक्रम स्थानीय स्तरमा लोकल गार्जीयन एजुकेशन प्रा. लि. का घनश्याम जयसवाल र अबिनास सिँहले गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…