मधेश सरकारको छोरी बीमा योजना रौतहटमा
छोरीको नाममा एक हजार रुपैयाँ जम्मा गरेर खोलेको खातामा प्रदेश सरकारले ३ लाखको लागि पर्ने प्रिमियम जम्मा गर्नेछ

२०७६ माघ २२ बुधबार, बेलुकी ६:४८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान’ अन्तर्गत छोरी शिक्षा बिमा र मुद्वती बचत शिविर कटहरिया नपामा सुरु भएको छ ।
कटहरिया नगरपालिका वडा नं. ३,४, ५ को लागि नपाको प्रांगनमा शिविर राखिएको थियो । कटहरिया नपाका सियाराम कुश्वाहा र नुरजहाँ खातुनले संयुक्त रूपमा दिप प्रज्वलन गरि कार्यक्रम को उदघाटन गरेका थिए । राष्ट्रिय गानको साथ सुरु भएको कार्यक्रममा ज्ञात अज्ञात सहिदहरूको समझनामा एक मिनेट को लागि मौन धारण गरिएको थियोे ।
कार्यक्रममा पहिलो दिन लगभग ५२ जना छोरीको बिमा गरिएको शिविरमा खटेका वडा नम्बर ४ का सामाजिक परिचालक मुकुन्दनारायण यादवले जानकारी दिए । २०७५ माघ १ गतेपछि जन्मिएका छोरीहरूलाई सो बिमा कार्यक्रममा सहभागी गराइएको थियो ।
बिमा कार्यक्रम अन्तर्गत प्रभु बैंकले छोरीको नाममा एक हजार रुपैयाँ जम्मा गरेर खोलेको खातामा प्रदेश सरकारले ३ लाखको लागि पर्ने प्रिमियम जम्मा गर्नेछ भने सो रकम छोरी मावि तह उत्तीर्ण भएपछि मात्र अभिभावकले निकाल्न पाउने बताईएको छ ।
सो रकम निकाल्न छोरीको उमेर २० वर्ष भएको हुनुपर्ने नियममा भनिएको छ । भोली माघ २३ गते नगरपालिकाको वडा नम्बर १ र २ को शिविर वडाकार्यालय भसेढवामा र माघ २४ गते वडा नम्बर ६,७,८,९ को शिविर वडा कार्यालय बगहीमा संचालन हुने जनाइएको छ ।
नगर उप प्रमुख नुरजहाँ खातुनको विशिष्ठ आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा वार्ड नम्बर १ का वडाध्यक्ष राजकुमार साह, वडा नम्बर ३ का वडाध्यक्ष उमेश राय यादव ,वाड नम्बर ५ का वडाध्यक्ष सर्फलाल गुप्ता ,८ का नबद राय यादव सहति सबै वाड का वडाध्यक्ष प्रभु बैंक का प्रतिनिधी ,बेटी पढाऊ बेटी बचाउ अभियान रौतहटका कृष्णा साह,मावि भसेढवाका प्रअ सचिन्द्र यादव,मावि कटहरियाका प्रअ योगेन्द्र कुशवाहा,सामाजसेवि नसिरुदिन अन्सारी सहित वडावासीहरु ,राजनीतिक दलका प्रतिनिधि ,भद्रभलादमी को सहभागीता रहेको थियो ।
कटहरिया नपामा ३ दिन सम्म संचालन हुने शिविरमा बिमा हुने छोरीहरूको घरमा सुबिसु द्वारा तीन महिनाको लागि फ्रि वाईफाई जडान गरिने जानकारी गराईएको थियो । बिमा शिविरमा बालिकाहरूको लागि निशुल्क स्वास्थ्य शिविर पनि संचालन गरिएको थियो ।
कार्यक्रम को संचालन लेखा अधिकृत रामप्रकाश साहले गरेका थिए । नगर प्रमुख कुशवाहाको अध्यक्षतामा कार्यक्रम आयोजन गरिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…