खोपमा एउटा पनि बालबालिका नछुटाऔं : अधिकृत झा
स्वास्थ्यकर्मी आफ्नो पेशाप्रती उतरदायित्व बोध गर्नुको साथै राम्रो काम गर्नेलाई प्रोत्साहन गर्दै जाने बताउनुभयो ।

२०७६ माघ २१ मंगलबार, बेलुकी ७:४७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्द कुमार झाले नगरको एउटा पनि बालबालिका खोपबाट बञ्चित नगर्न आग्रह गर्नुभएको छ ।
नगरपालिका स्तरीय दादुरा रुवेला खोप अभियान संचालनको लागि आज (मँगलबार) आयोजना गरिएको एक दिने अभिमुखीकरण तथा गोष्ठी कार्यक्रममा बोल्दै अधिकृत झाले नगरको बच्चा–बच्चासम्म स्वास्थ्य खोपको पहुँच बनाउन नगरपालिकाका कर्मचारी र नगरवासीलाई सहयोग गर्न आग्रह गर्नुभयो ।
गोष्ठीमा विशिष्ट अतिथिको आसनबाट बोल्दै अधिकृत झाले अन्य क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएका शहिदनगर नगरपालिको स्वास्थ्य क्षेत्रमा समेत बलियो भएको बताउनुभयो । उहाँले खोपको लागि सबैलाई तयार रहन आग्रह गर्नुभयो । आगामी फागुन १ गतेदेखि ९ गतेसम्म नगरपालिकाभरि सँचालन हुने बालबालिकाहरुलाई खोप खुवाउने अभियानलाई सफल पार्न सबै पक्षसँग आग्रह गर्नुभयो ।

नगर स्वास्थ्य समितिको आयोजनामा सम्पन्न अभिमुखिकरण कार्यक्रममा सभापतिको आसनबाट बोल्दै नगर प्रमुख उदय कुमार बररिया (यादव) ले नगरपालिका भित्र रहेका ९ वटै स्वास्थ्य सँस्थाका ईन्चार्ज र स्वँयसेविकाहरुलाई नगरको एउटा नै बालबालिका छुटाउनु नपर्ने गरी योजना तहत काम गर्नको लागि निर्देशन दिनुभयो ।
अभिमुखिकरण कार्यक्रममा नगरको वर्तमान स्वास्थ्य अवस्था सहित सुधारको अपेक्षाहरुको बारेमा चर्चा परिचर्चा गरिएको थियो । नगर स्वास्थ संयोजक , सह–संयोजक , ९ वटै वडाका अध्यक्षहरु, स्वास्थचौकी इन्चार्जहरुको उपस्थितिमा सम्पन्न भएको अभिमुखिकरण कार्यक्रममा सहजकर्ताको भूमिका निर्वाह गर्न सबै पक्षसँग आग्रह गर्नुभयो ।
नगर प्रमुख बरबरियाले स्वास्थ्यकर्मीहरुलाई खोपबाट कुनै पनि बालबालिकाहरु बन्चित नहोउन तथा सबै स्वास्थ्यकर्मी आफ्नो पेशाप्रती उतरदायित्व बोध गर्नुको साथै राम्रो काम गर्नेलाई प्रोत्साहन गर्दै जाने बताउनुभयो ।
सबै स्वास्थ्यकर्मीहरुको उपस्थितिमा खोप सम्बन्धि विभिन्न बिषयबस्तुको जानकारी तथा मिति आगामी महिनादेखि सुरु हुने पोलियो तथा दादुरा खोप अभियान सँचालको लागि त्यसको व्यवस्थापनको लागि विभिन्न समितिहरु समेत गठन गरिएको हो ।
त्यसको लागि व्यवस्थापन समिति, अनुगमन गर्न नगर स्तरीय र वडा स्तरीय समिति गठन , प्रचार प्रसार सम्बन्धि अन्तरक्रिया केन्द्रीत रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…