जनकपुरको सार्वजनिक शौचालय खुलाउन तरुण दलले आन्दोलन गर्ने
४५ लाखको लगानीमा बनेको शौचालय वर्षौ देखि बन्द देखिएको छ ।

२०७६ माघ २१ मंगलबार, दिउँसो ४:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को राजधानी जनकपुरधाममा रहेको दर्जन बढी सार्वजनिक शौचालयहरु अहिले पनि बन्द रहेको भन्दै सूचारुको लागि प्रशासनसँग माग गरिएको छ ।
नेपाल तरुण दलले जनकपुरभित्र रहेको विभिन्न शौचालयहरुलाई पूर्ण सूचारु गराउन स्थानीय सरोकारबाला निकायहरुसँग माग गरेपनि कुनै चासो नदेखाएको भन्दै आन्दोलनको विकल्प नरहेको जनाएको छ । एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाली काँग्रेस निकट तरुण दल जिल्ला कार्य समिति धनुषाले शौचालय सुचारुको लागि आन्दोलनको चेतावनी दिएको हो ।
“जनकपुरधाम प्रदेश नं. २ को राजधानी भएपनि जनकपुरमा बजार ब्यस्थापन र सार्वजनिक शौचालय पार्किङ्ग अभाव नै देखिन्छ। न त यो स्थानिय सरकारले कतै सार्वजनिक शौचालय निर्माण गरेका छन न त जनकपुर धाम – ४ भुतनाथ मन्दिरको छेऊमा बनेको शौचालय सुचालु गराएको छन । ४५ लाखको लगानीमा बनेको शौचालय वर्षौ देखि बन्द देखिएको छ । जनकपुरमा यस्ता थुप्रै उदाहरणहरु छन।”– प्रेस विज्ञप्तिमा उल्लेख छ ।
विगत ८–९ महिनादेखि हामी निरन्तर शौचालय सुचारु गराउन लागि विभिन्न सरोकारवाला निकायहरुलाई ज्ञापनपत्र बुझाएनि हालसम्म कुनै चासो नदेखाएको भन्दै आन्दोलनको चेतावनी समेत दिएको हो । “यो बहिरो सरकार भ्रष्ट्राचार गर्नमा व्यस्त देखियो। तसर्थ आज हामी आफुलाई रोक्न सकेनौं र सांकेतिक बिरोध प्रदर्शन गर्यौँ र यसै शान्तिपूर्ण बिरोधले सम्बन्धित सरोकारवाला निकायहरुलाई चेतावनी दिन चाहन्छौँ ।” उल्लेख विज्ञप्तिमा गरिएको छ ।
जनकपुर उपमहानगरपालिकाभित्र सार्वजनिक शौचालयहरु यथाशीघ्र सुचारु गर्नुका साथै हरेक वाडामा सार्वजनिक शौचालय र गाडी पार्किङ्ग छिटै निर्मान गर्न माग गरेको हो । तरुण दलका सदस्य सर्वजित यादवको अध्यक्षतामा गरिएको आजको प्रदर्शनमा नेपाल तरुणदलको युवा नेता बलराम गुप्ता, बलराम साह, नेविसंधको मनिष यादव, नविन झा लगायत दर्जनौ युवाहरुले प्रदर्शन गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…