धनुषामा पेट्रोल चोरी आरोपमा एक युवक पक्राउ
नीरिक्षक रोकायाका अनुसार उनी उपर भोली अभद्र व्यवहारको मुद्दा दर्ता हुने बताउनुभयो ।

२०७६ माघ १९ आइतबार, बेलुकी ६:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा प्रहरीले पेट्रोल चोरी आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।
धनुषाको विदेह नगरपालिका वडा नं. ४ ठाढी झिझा स्थित रहेको स्थानीय रामचन्द्र गोईतको पसलबाट ५ लिटर पेट्रोल र केही रकम चोरी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा विदेह नगरपालिका वडा नं. ४ बस्ने स्थानीय हासिम राईनको अन्दाजी २२ बर्षिय छोरा अबदुल मोकारिम राईन रहेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक एवम् ईन्चार्ज हिरेन्द्र रोकायाका अनुसार राईनले गोईतको पसलबाट २ सय रुपैयाँ र ५ लिटर पेट्रोल चोरी गरेको जानकारीको आधारमा उनलाई पक्राउ गरिएको हो । उनको साथबाट चोरीको समानहरु समेत बरामद गरिएको हो ।
स्थानीयहरुको सहयोगमा समान सहित पक्राउ गरेको हो । प्रहरी चौकी ठाढि झिझाले पक्राउ गरि उनलाई कारवाहीको लागि ईलाका प्रहरी कार्यालय खजुरी पठाएको जनाइएको छ ।
यसअघि पनि राईन विभिन्न घटनामा सँलग्न रहेको पाइएको जनाइएको छ । राईन नशालु पदार्थ सेवन गर्ने गरको बताउँदै स्थानीयहरुले उनलाई प्रहरीको जिम्मा लगाएको हो । प्रहरी नीरिक्षक रोकायाका अनुसार उनी उपर भोली अभद्र व्यवहारको मुद्दा दर्ता हुने बताउनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…