आरक्षण खारेजको विरोध गर्दा विद्यार्थी नेताहरु पक्राउ
जनकपुरधाम, २७ पुस । इन्स्टीच्युट अफ मेडिकल आईओएम मा आरक्षणको माग गरिरहेका विद्यार्थी नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ । मधेसी युथ थिँक टयान्कका सँयोजक समेत रहेका डा. विनय पँजियारको अगुवाईमा आज गएको विद्यार्थी नेताहरुको एक टोलीले डिनको कार्यालय अगाडी आरक्षण खारेजको विरोध गरिरहेको बेला पक्राउ गरिएको

२०७४ पुस २७ बिहीबार, बेलुकी ६:५९ बजे१ मिनेट पढाइ

जनकपुरधाम, २७ पुस ।
इन्स्टीच्युट अफ मेडिकल आईओएम मा आरक्षणको माग गरिरहेका विद्यार्थी नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
मधेसी युथ थिँक टयान्कका सँयोजक समेत रहेका डा. विनय पँजियारको अगुवाईमा आज गएको विद्यार्थी नेताहरुको एक टोलीले डिनको कार्यालय अगाडी आरक्षण खारेजको विरोध गरिरहेको बेला पक्राउ गरिएको जनाइएको छ ।

लामो सँघर्षपछि मेडिकल क्षेत्रमा प्रदान गरिएको आरक्षण समेत खारेज गर्न खोजेको भन्दै पँजियार सहितका विद्यार्थी नेताहरुले कडा विरोध जनाएका हुन् ।
प्रदान गरिएको आरक्षण खारेज गरे झन कडा आन्दोलनको चेतावनी डा. पँजियारले सरोकारबालाहरुलाई दिएका छन् ।

डिन कार्यालयबाट पक्राउ परेका विद्यार्थी नेताहरुलाई पछि रिहा गरिएको बुझिएको छ ।
डा. पँजियारले मेडिकल शिक्षा क्षेत्रमा ४५ प्रतिशत आरक्षणको माग गर्दै कडा सँघर्ष गरेका थिए । लामो सँघर्षपछि मेडिकल क्षेत्रमा आँशिक आरक्षण भएपनि शिक्षाको हरेक क्षेत्रमा आरक्षण लागुको माग अघि सार्दै आएका छन् ।
आरक्षण प्रदान गरेको केही महिना नवित्दै आई ओ एम ले आरक्षण खारेजीको प्रक्रिया अगाडी बढाएपछि विरोधमा उत्रेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…