जनकपुरः पुलचोकको घरहरु भत्काउन सिडिओलाई ज्ञापन
यथाशिघ्र बाटो निर्माण कार्य सुचारु नभए आन्दोलनको चेतावनी समेत ज्ञापनपत्र मार्फत दिएको हो ।

२०७६ माघ १२ आइतबार, राति ८:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ पुलचोकको घरहरु भत्काउनको लागि धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई ज्ञापन पत्र बुझाएको छ ।
प्रदेश नं. २ को स्थायी राजनधानीको लागि पक्का समेत भईसकेको अवस्थामा जनकपुरको वडा नं. १, १६ र १९ मा आम सर्वसाधारणहरुलाई सास्ती भएको भन्दै खुल्ला रुपमा सुचारु गराउन ज्ञापन पत्र बुझाएको हो । वडा नं.१६, १९ र १ को पुलचौक देखि कोल्ड स्टोर्स सम्मको वाटोको दायाँ बायाँ पर्ने केहि घरहरु भत्काए पनि केहि घर धनिहरुले हाल सम्म घरहरु नभत्काएपछि बाटो निर्माणको कार्यमा अबरोध समेत भएको उल्लेख गरिएको छ ।
त्यो बाटो भएर आवतजावत गर्ने आम सर्वसाधारण सहित सवारी साधनहरुलाई समेत आवतजावतमा कठिनाई भएको भन्दै भत्काउनुपर्ने बाँकीका घरहरु यथाशिघ्र भत्काएर बाटो निर्माण कार्य सूचारु गर्नको लागि प्रमुख जिल्ला अधिकारी कनेललाई ध्यानाकर्षण गराएको राजपाका युवा नेता किशन साहले जानकारी दिए ।
जनकपुरको वडा नं. १ पुलचोकदेखि कोल्ड स्टोर्स सम्मको दायाँ बायाँमा पर्ने घरहरु भत्काइ अबिलम्ब बनाउनको लागि स्थानीयहरुले आफैंमा पनि निर्णय गरेको हो । वडा नं. १६ र १९ को वडाध्यक्षको उपस्थितिमा पुलचोकदेखि कोल्डस्टोरसम्मको बाटो यथाशिघ्र निर्माणको लागि सरोकारबालालाई ध्यानाकर्षण गराएको हो ।
उक्त बाटोलाई सरल र सुलभ तवरले सुचारु गर्नको लागि उक्त क्षेत्रमा पर्ने बाटोको दायाँ बायाँको घरहरु भत्काइ अबिलम्ब बाटो निर्माण कार्य गराउनको लागी आम सर्वसाधारणको निर्णय समेत भएको जनाइएको छ ।
साथै, उक्त निवेदनको आधारमा यथाशिघ्र बाटो निर्माण कार्य सुचारु नभए आन्दोलनको चेतावनी समेत ज्ञापनपत्र मार्फत दिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…