कान्छो मेयरको पहलमा प्राथमिक स्वास्थ्य केन्द्रमा डस्टविन
न्यूज ब्यूरो, धनुषा । धनुषाको सहिदनगर नगरपालिकाको पहलमा कम्खीया परिवारले प्राथमिक स्वास्थ्य केन्द्रमा डस्ट्विन प्रदान गरेको छ । सहिदनगर नगरपालिका वडा ३ स्थित प्राथमिक उपचार केन्द्र यदुकूहामा आइतबार कम्खीया परिवारको सहयोगमा नगर प्रमुख उदय बरबरिया यादवले स्वस्थ्य इन्चार्जलाई डस्ट्बिन हस्तान्तरण गरेका

२०७६ माघ १२ आइतबार, बेलुकी ६:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषाको सहिदनगर नगरपालिकाको पहलमा कम्खीया परिवारले प्राथमिक स्वास्थ्य केन्द्रमा डस्ट्विन प्रदान गरेको छ ।
सहिदनगर नगरपालिका वडा ३ स्थित प्राथमिक उपचार केन्द्र यदुकूहामा आइतबार कम्खीया परिवारको सहयोगमा नगर प्रमुख उदय बरबरिया यादवले स्वस्थ्य इन्चार्जलाई डस्ट्बिन हस्तान्तरण गरेका हुन् । स्वस्थ्य जस्तो संवेदनशील ठाउँमा बिरामी, कुरुवा लगायत कार्यरत कर्मचारीहरुले जताततै फोहोर फफ्याकिरहेको अव्यवस्थालाई मध्यनजर गर्दै स्वास्थ चौकी परिसरको विभिन्न ठाउँमा फोहोर राख्ने भाडो राखिएको नगर प्रमुख बरबरियाले बताए ।
उक्त कार्यक्रममा कम्खीया परिवारका प्रमुख बिभाष लाभ, सहिदनगर प्रमुख उदय बरबरिया यादव, उपप्रमुख शिला देवी कापर लगायत विभिन्न वडाका वडाध्यक्षहरु सहभागी थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…