पूर्वमन्त्री साहद्धारा 'आरम्भ सार्वजनिक पुस्तकालय' उद्घाटन
साथै, क्लबले गोलबजारमा राष्ट्रिय स्तरको पुस्तकालय चाँडै स्थापना गर्न लागेको पनि जनाएको छ ।

२०७६ माघ १० शुक्रबार, राति ८:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको गोलबजार नगरपालिकामा सार्वजनिक पुस्तकालय स्थापना गरिएको छ ।
आरम्भ साईन्स एण्ड कल्चर क्लब गोलबजारले गोलबजार २ गुरुधाममा पुस्तकालय स्थापना गरेको हो । परिवर्तनका लागि शिक्षा, शिक्षाका लागि पुस्तकालय भन्ने मुल नाराका क्लबले स्थापना गरेको पुस्तकालयको शुक्रबार पूर्वमन्त्री विश्वनाथ साहले उद्घाटन गरेका छन् ।
पुस्तकालयमा विभिन्न विधाका पुस्तकहरु राखिएको क्लबका अध्यक्ष रामकुमार यादवले जानकारी दिए । पुस्तकालय स्थापनाले विभिन्न उमेर समूहका मानिसहरुलाई एकसाथ फाइदा हुने र गाउँमा शैक्षिक वातावरण तयार हुने विश्वास क्लबको छ ।

पुस्तकालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले समाज तथा देश रुपन्तरणको लागि युवाहरु अगाडि आउनुपर्ने र जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरे । उनले आरम्भ साईन्स एण्ड कल्चर क्लबले रुपान्तरणको लागि गरिरहेका कार्यहरु आफैमा प्रशंसायोग्य भएको भन्दै तारिफ गरे ।
क्लबले स्थापना गरेको पुस्तकालय यो दोश्रो हो । यसअघि सोही नगरपालिकाको जम्दहमा सार्वजनिक पुस्तकालय स्थापना गरिएको थियो ।
साथै, क्लबले गोलबजारमा राष्ट्रिय स्तरको पुस्तकालय चाँडै स्थापना गर्न लागेको पनि जनाएको छ । सो पुस्तकालयमा आईटी, मन्टेसरी जोन, किड्स जोन, योगा हल, मेडिकेसन हलसमेतको प्रवन्ध गरिने जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…