आज १४ वर्षपछि साउदी जेलबाट जेलमुक्त हुँदै उमेश यादव ?
उनको आफ्नो गाउँमा उनकी आमा र माइतीमा उनकी श्रीमति सहित २ छोरा उनको प्रतिक्षामा छन् ।

२०७६ माघ ८ बुधबार, बिहान ७:४१ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । बहुप्रतिक्षित क्षणको रुपमा रहदै आएको धनुषाको उमेश यादवको रिहाई आज हुने बताइएको छ ।
विगत १४ वर्षदेखि साउदीको जेलमा कैदी जिवन बिताउँदै आएका धनुषा कमला नगरपालिका वडा नं. ३ बस्ने ३९ बर्षिय उमेश यादव आज जेलमुक्त हुने अभियन्ता सरोज रायले जानकारी दिएका हुन् । मँगलबार राती आफ्नो फेसबुकमा लाईभ बसेको रायले उमेश यादव आजै (बुधबार) जेलमुक्त हुने र नेपालको लागि रबाना हुने उल्लेख गरेका छन् ।
गत १४ वर्ष पहिले साउदीमै कामको शिलशिलामा एक पाकिस्तानी नागरिकको हत्या अभियोगमा उनलाई साउदीको तल्लो अदालतले मृत्यूदण्डको सजाय सुनाएको थियो । घाँटी काटेर २४ घण्टा झुण्डयाउने सजाय त्यहाँका अदालतले सुनाएको थियो भने त्यसअघि उनी कैदी जीवन व्यतित गर्दै आएका थिए ।
'उमेश यादव' लाई सउदीमा टाउको काटेर २४ घण्टा झुण्डयाउने आदेश ?
जेली जीवनको १२ वर्षपछि उनको परिवारको बयानको आधारमा न्यूज ब्यूरोमा समामाचा प्रकाशन भएपछि अभियन्ता सरोज रायले त्यस उपर चासो लिएका थिए । चासो लिदैं विभिन्न सरकारी निकायसँगको सहयोग र विदेशमा बस्दै आएका नेपाली युवाहरुसँगको आर्थिक सहयोगमा उनलाई रिहा गरेको भिडियोमा उल्लेख गरेका छन् ।
हत्या गरिएको भनिएका पाकिस्तानी नागरिक मो. लतिफको परिवारजनसँग भेट गरी उमेशको माफीनामाको लागि रायले पहल गरेका थिए । सोही माफीनामाको आधारमा उनलाई सजायमुक्त गरिएको दाबी रायले गरेका छन् । यसअघि तल्लो अदालतले उनलाई मृत्यू दण्ड सुनाएपछि साउदी स्थित रहेको नेपाली दुतावासले उनको बचाउमा तत्कालै उपल्लो अदालतमा गुहार लगाएको दाबी दुतावासले गरेका थिए ।
सउदीमा मृत्यूदण्ड सुनाइएका "उमेश" लिए राहतको साँस
झण्डै १४ वर्षपछि उमेश यादव मृत्यूको मुखबाट बचेर आउने भएपछि उनका शुभचिन्तकहरुमा उत्साह छाएको छ । यसअघि करिब २ वर्ष अघि नै रायले उमेश फिर्ता हुने भनेर उमेश बचाउ अभियानको लागि बैंक मार्फत रकम सँलकन गरेका थिए । ग्रोविंग नेपाल फाउण्डेशन नामक एनजिओ (गैर सरकारी सँस्था) मार्फत रकम संकलन गरिएको थियो ।
मँगलबार राती आफ्नो अधिकारी फेसबुक पेजबाट लाईभ आएर रायले उमेश बुधबार (आज) जेलबाट जेलमुक्त हुने र नेपाल फर्कने दाबी गरेका छन् । यद्यपी यसको अधिकारिक धारणा आएको छैनन् । उमेश आउने भएपछि उमेशको गाउँमा समेत खुसीको हलचल भएको छ । उनको आफ्नो गाउँमा उनकी आमा र माइतीमा उनकी श्रीमति सहित २ छोरा उनको प्रतिक्षामा छन् ।
पाकिस्तान अपडेट : उमेशलाई पीडित परिवारले दिए माफी ! (भिडियो सहित)
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…