सउदीमा मृत्यूदण्ड सुनाइएका "उमेश" लिए राहतको साँस
काशिन्द्र शर्मा || जनकपुरधाम, २५ चैत्त । विगत १२ वर्षदेखि सउदीको जेलमा जेलिया जीवन विताइरहेका धनुषाका उमेश यादवले राहतका साँस लिएका छन् । सउदी अरेबियामा एक पाकिस्तानी नागरिकको हत्याको अभियोग लागेका उमेशलाई सउदी अदालतले १२ वर्षदेखि कैदमा राख्दै आज ८ अप्रिलको अहम फैसला गर्ने जानकारी गरिएको थियो । सउदी

२०७४ चैत २५ आइतबार, राति ८:५० बजे३ मिनेट पढाइ
काशिन्द्र शर्मा ||
जनकपुरधाम, २५ चैत्त । विगत १२ वर्षदेखि सउदीको जेलमा जेलिया जीवन विताइरहेका धनुषाका उमेश यादवले राहतका साँस लिएका छन् ।
सउदी अरेबियामा एक पाकिस्तानी नागरिकको हत्याको अभियोग लागेका उमेशलाई सउदी अदालतले १२ वर्षदेखि कैदमा राख्दै आज ८ अप्रिलको अहम फैसला गर्ने जानकारी गरिएको थियो ।
सउदी अदालतमा पेशी भएका उमेशको मुद्दामा सुनुवाई गरेपनि अदालतले कुनै अहम फैसला भने नसुनाएको हो ।
आज भएको पेशीमै उमेशको अन्तिम फैसला हुने भनिएपनि आज चढाइएको पेशीमा मात्र अदालतले पुराना फाईलहरु झिकाउन आदेश गरेको छ ।
उमेश यादव मुद्दाका पुरानो फाईलहरु झिकाएपछि मात्र नयाँ सुनुवाईको लागि मिति तय गरिने जनाइएको छ ।
आज हुने भएिको अन्तिम फैसला अदालतले रोकेपछि उमेशले राहतका साँस लिएका छन् भने नेपालीहरुमा समेत हौसला छाएको छ ।
उमेशको लागि जीवन वा मृत्यूको फैसला आजै हुने भनिएको भएपनि अदालतले मात्र फाईल झिकाउन आदेश गरेपछि समाजिक अभियन्ता एवम् तराई मधेस राष्ट्रिय परिषद्का सदस्य सरोज रायले नेपाली दुतावासले बीचको समयमा उमेशको लागी कडा पहल थाल्नुपर्ने बताएका छन् ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…