मलेसिया काण्डमा पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ, भारतबाट ल्याइयो काठमाडौं
मलेसिया जाने श्रमिकबाट स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक सेवाका नाममा अतिरिक्त शुल्क असुलिएको भनिएको यस प्रकरणमा संकलित रकमको विदेश स्थानान्तरणसमेत अनुसन्धानको विषय बनेको छ। आरोपित सबैमाथि अनुसन्धान जारी रहेको र दोष प्रमाणित हुन बाँकी छ।

२०८३ मंसिर १० बिहीबार, दिउँसो ४:४१ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, काठमान्डौँ । पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्। मलेसिया जाने श्रमिकसँग गैरकानुनी रूपमा रकम असुली गरी ठगी गरेको आरोपमा पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनलाई भारतबाट पक्राउ गरी काठमाडौं ल्याएको हो।
प्राप्त जानकारीअनुसार, प्रहरीले अर्याललाई भारतमा पक्राउ गरेको थियो। सीमा क्षेत्र पार गराएपछि उनलाई हवाईमार्गबाट काठमाडौं ल्याइएको बताइएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले अर्यालविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो। मलेसिया जाने श्रमिकबाट मलेसिया सरकारसँग भएको सम्झौताविपरीत रकम संकलन गरी ठगी गरेको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ।
यस प्रकरणमा यसअघि तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, सहसचिव उमेश ढुङ्गाना र राजीव पोखरेल तथा उपसचिव निर्मला गुरुङ पक्राउ परिसकेका छन्।
प्रहरीका अनुसार नेपाल र मलेसिया सरकारबीच भएको सम्झौताविपरीत श्रमिकबाट रकम संकलन गरी विदेश पठाउने निर्णय प्रक्रियामा उनीहरूको भूमिका रहेको आरोप छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जाहेरी दिएपछि सीआईबीले अनुसन्धान अघि बढाएको हो।
मलेसिया जाने श्रमिकबाट स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक सेवाका नाममा अतिरिक्त शुल्क असुलिएको भनिएको यस प्रकरणमा संकलित रकमको विदेश स्थानान्तरणसमेत अनुसन्धानको विषय बनेको छ। आरोपित सबैमाथि अनुसन्धान जारी रहेको र दोष प्रमाणित हुन बाँकी छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…