बालेनले मन्त्रिपरिषद्को मर्यादाक्रम फेरिँदा एक स्थान तल झारिए सुधन गुरुङ
यसअघि पाँचौँ स्थानमा रहेका गुरुङलाई उछिन्दै सोविता गौतम सातौँ स्थानबाट तेस्रो स्थानमा उक्लिएपछि उनको मर्यादाक्रम तल झरेको हो।

२०८३ मंसिर १० बिहीबार, बेलुकी ६:४९ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेपछि मन्त्री सुधन गुरुङ एक स्थान तल झरेका छन्।
राष्ट्रपतिको कार्यालयले बिहीबार ९मंसिर १०, २०८३० जारी गरेको विज्ञप्तिअनुसार नयाँ मर्यादाक्रममा गुरुङ पाँचौँ स्थानबाट छैटौँ स्थानमा पुगेका हुन्।
यसअघि पाँचौँ स्थानमा रहेका गुरुङलाई उछिन्दै सोविता गौतम सातौँ स्थानबाट तेस्रो स्थानमा उक्लिएपछि उनको मर्यादाक्रम तल झरेको हो।
मर्यादाक्रम परिवर्तनसँगै शिशिर खनाल तेस्रोबाट चौथो र विराजभक्त श्रेष्ठ चौथोबाट पाँचौँ स्थानमा पुगेका छन्। यस्तै, सुनिल लम्साल छैटौँबाट सातौँ स्थानमा झरेका छन् भने महावीर पुन आठौँ स्थानमै यथावत् छन्।
नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम २०८२ चैत १३ गते गठित मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रममा गरिएको यो हेरफेर २०८३ जेठ २६ गतेको सूचीको तुलनामा गरिएको हो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…