'उमेश यादव' लाई सउदीमा टाउको काटेर २४ घण्टा झुण्डयाउने आदेश ?
न्यूज ब्यूरो - नेपाल || जनकपुरधाम, ४ चैत्त । धनुषाका उमेश यादव उनको टाउको काटेर २४ घण्टा झुन्डाउने अदालती आदेश आएको चार वर्ष भइसक्यो । जुनसुकै बेला कार्यान्वयन हुनसक्छ। धनुषाको कमला नगरपालिका वडा नं. ३ पर्सा बस्ने उमेश यादव एक पाकिस्तानी नागरिकको हत्या अभियोगमा मृत्युदण्ड पाएका उनलाई जोगाउन नेपाली र

२०७४ चैत ४ आइतबार, राति १०:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो - नेपाल ||
जनकपुरधाम, ४ चैत्त ।
धनुषाका उमेश यादव उनको टाउको काटेर २४ घण्टा झुन्डाउने अदालती आदेश आएको चार वर्ष भइसक्यो । जुनसुकै बेला कार्यान्वयन हुनसक्छ।
धनुषाको कमला नगरपालिका वडा नं. ३ पर्सा बस्ने उमेश यादव एक पाकिस्तानी नागरिकको हत्या अभियोगमा मृत्युदण्ड पाएका उनलाई जोगाउन नेपाली र पाकिस्तानी दूतावासले पीडित परिवारसँग सहमति प्रयास गरिरहेका छन् ।
त्यहीकारण फैसला कार्यान्वयन लामो समयदेखि रोकिएको हो । ‘सजाय कार्यान्वयन भइहाल्छ कि भन्ने डर छ,’ राजदूत उदयराज पाण्डे भन्छन्, ‘पीडित परिवार सहमतिमा आउन मानेका छैनन्।’
नेपालबाट पनि खासै पहल हुन नसक्दा उमेशलाई थप जटिलता बढेको छ । उमेशलाई सउदीमा फाँसीको सजाय सुनाउँदा पनि जनकपुरबाट काशिन्द्र शर्माले गरेको अडियो रेडियो रिपोर्टलाई कान्तिपुर दैनिकले फलोअप गर्दा फाँसी रोकिएको छ ।
तर जुनसुकै बेला अदालतले पहलकदमी गर्दा उमेशलाई ज्यान गुमाउनुपर्ने अवस्था सृजना भएको छ ।
उमेश लामो समयदेखि सउदी जेलमा विताइरहेका छन्, उत्तैबाट केही कमाई गरी घर परिवारलाई एकछाक खान टार्न पनि भ्याएको छ । तर, परिवारले उमेशलाई गुमाएकै महसुस गर्छन अहिले पनि । करिब १२ बर्ष बढीदेखि उनी जेलमा जीवन विताइरहेका छन् ।
हत्या गरिएका भनिएका पाकीस्तानी पीडित परिवारसँग समन्वय भए उमेशको सजाय आममाफी हुन सक्ने सँकेत छ ।
सउदी अरबमा बस्दै आएका नेपाली कामदार तथा गैर नेपाली आवासीय सँघले समयमा पहल गरे उमेशलाई घर फर्काउन सक्छ ।
उमेशको लागि अदालतले माग गरेको ब्लडमनि तिर्न सके उमेश आफनो घर फर्कन सक्छ ।
सउदी अरबमा सक्रिय नेपाली सँघ सँस्थाहरुलाई यसमा पहल र सक्रियताको आवश्कयता देखिन्छ ।
नेपाली कामदारहरुले नै एक एक रुपैयाँ जम्मा गरेर भएपनि उमेशलाई कारागारबाट मुक्त गराउन सक्छ ।
-------------------------------------------------------------------------------------------------
-------------------------------------------------------------------------------------------------
न्यूज ब्यूरो अपरेशन : यस सम्बन्धी कुनै थप जानकारी भए कृप्या 9854028045 मा सम्पर्क गर्नुहोला ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…