एकैपटक नेपाल प्रहरीका ६० एसपीको सरुवा, मधेशका जिल्लामा पनि फेरिए प्रहरी प्रमुख
नेपाल प्रहरीमा लामो समयपछि ठूलो संख्यामा एसपीको सरुवा गरिएको हो । यसपटक सरुवाअघि पूर्वानुमानयोग्य सरुवा सूचीसमेत सार्वजनिक गरिएको थियो ।

२०८३ मंसिर १० बिहीबार, बिहान १०:५७ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, काठमाडौं । नेपाल प्रहरीले एकैपटक ६० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले मंगलबार गरेको निर्णयअनुसार जनपद प्रहरी समूहतर्फका ६० जना एसपीको सरुवा गरिएको हो ।
नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीको निर्णयअनुसार गरिएको सरुवासँगै विभिन्न जिल्लाका प्रहरी प्रमुखको जिम्मेवारीसमेत हेरफेर भएको छ ।
सरुवा सूचीअनुसार मधेश प्रदेशको बारामा कुमार विक्रम थापालाई प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ भने सप्तरीमा रूपक खड्कालाई पठाइएको छ । त्यस्तै, पर्सामा यसअघि काजमा खटिएका पवनकुमार भट्टराईको दरबन्दीसमेत सोही जिल्लामा कायम गरिएको छ ।
अन्य जिल्लातर्फ मोरङमा दिलीपकुमार गिरी, उदयपुरमा धर्मराज भण्डारी, तनहुँमा नरेशराज सुवेदी, बाँकेमा नवराज मल्ल, सिन्धुपाल्चोकमा निरञ्जन दत्त भट्ट र पूर्वी नवलपरासीमा निर्मल बुढाथोकीलाई खटाइएको छ ।
त्यसैगरी बर्दियामा बालनरसिंह राणा, धादिङमा भरत लामा, कास्कीमा मोहनबहादुर खाण, कैलालीमा यादव ढकाल, पाल्पामा रविन श्रेष्ठ, भक्तपुरमा रुकेश तण्डुकार र दाङमा श्यामु अर्याललाई जिम्मेवारी दिइएको छ ।
यसअघि काजमा खटिएका पवनकुमार भट्टराईको पर्सा, पुष्पराज मल्लको सुनसरी र रूपक खड्काको सप्तरीमा दरबन्दी कायम गरिएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार सरुवा भएका प्रहरी उपरीक्षकहरूले २०८३ साल मंसिर महिनादेखिको तलब तथा भत्ता सरुवा भएको नयाँ दरबन्दीबाट प्राप्त गर्नेछन् ।
नेपाल प्रहरीमा लामो समयपछि ठूलो संख्यामा एसपीको सरुवा गरिएको हो । यसपटक सरुवाअघि पूर्वानुमानयोग्य सरुवा सूचीसमेत सार्वजनिक गरिएको थियो ।
सम्बन्धित दस्तावेज
एसपीहरुको सरुवा सूचि
PDF · ९६८ KB
PDF खुल्दैछ…
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…