धनुषाको यी सुनचाँदी गहना पसलमा चोरी
चोरीमा संलग्न गिरोहका अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यलय औरहीका इन्चार्जले बताए।

२०७६ पुस २४ बिहीबार, राति ९:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको एक सुनचाँदी गहना पसल (ज्वेलर्स) मा चोरी भएको छ ।
धनुषाको हँसपुर नगरपालिका वडा नं ९ स्थित बालगंगा चौकमा रहेको न्यु प्रेम ज्वेलर्समा चोरी भएको छ । विहिबार विहान सटरको ताल्चा गरेण्डरले काटेर पसल भित्रका शौ केसमा रहेका सुन चांन्दी चोरी भएको हो । सटरको ताल्चा काटे पनि पसल भित्र रहेका लौकर (तिजोरी) तोड्न नसकेपछि ठुलो धनराशिको क्षति हुनबाट जोगिएको पसल संचालक बिकास ठाकुरले बताए ।
सटरको ताल्चा काट्न प्रयोग गरिएको मेसिन साधारण चोरले गर्न नसक्ने ताल्चा काटिएको प्रकृति हेर्दा यो कुनै पेशेवर गिरोहका रहेको काम हुनसक्ने पसल संचालक ठाकुरले बताए ।
बालगँगा चौकमा शस्त्र बेस क्याम्प हुदाहुदै पनि चोरी गर्न हिम्मत राख्ने चोर साधारण चोर नभई यो पेशेवर चोर भएको स्थानीय पसल संचालकहरु बताउँछन् । यो चोरी भनेको यहाँको बढ्दो ब्यापारमा ब्यापारीहरुको मनोबल घटाउने घटना भएको बताए । चोरीमा संलग्न गिरोहका अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यलय औरहीका इन्चार्जले बताए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…