ऋण दिएर गरिब चुस्ने सर्लाहीका रामबाबु पक्राउ
यादवको यो कार्यबाट सर्लाही र त्यस आसपासका हजारभन्दा बढी परिवार पीडित भएको बताइएको छ ।

२०७६ पुस २३ बुधबार, बेलुकी ७:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । ऋण आतंक मचाउने सर्लाहीका रामबाबु यादव पक्राउ परेका छन् ।
बुधबार दिउँसो उनलाई सर्लाहीको बरथवा नगरपालिकाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले चर्को ब्याज लिने र ऋण दिएको रकमभन्दा तीन गुणाबढीको तमसुक बनाएको आरोपमा पक्राउ गरिएको हो ।
उनले बन्धकी राख्नेको जग्गा रजिष्ट्रेसन नै पास गरेर लिने र गरिबहरुलाई घरबारविहीन बनाउने गरेको खबर सार्वजनिक भएपछि प्रहरीले पक्राउ गरिएको जनाएको छ । यादवको यो कार्यबाट सर्लाही र त्यस आसपासका हजारभन्दा बढी परिवार पीडित भएको बताइएको छ ।
पीडितको एक समूह न्याय खोज्दै यतिबेला संघीय राजधानी काठमाडौंमा छन् । जनतालाई लाख ऋण दिएर करोडको तमसुक बनाउने रामबाबु रामबाबु राय यादव राजपा केन्द्रीय सदस्यसमेत हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…