धनुषा : राजमार्गमै नगरस्तरीय अस्पतालको स्थापना
मधेशप्रति इमान्दार नभएकै कारण यहाँको जनताले विकासको अनुभूति गर्न नसकेको उहाँले तर्क गर्नुभयो ।

२०७६ पुस २३ बुधबार, बिहान ८:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको गोदारमा नगरस्तरीय अस्पतालको स्थापना गरिएको छ ।
मँगलबार धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. ६ राजमार्गमै रहेको गोदार स्थित नगरस्तरीय अस्पतालको एक समारोहबीच प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउतले शिलान्यास गर्नुभएको छ । गणेशमान चारनाथ नगरपालिकाले आयोजना गरेको एक कार्यक्रमका बीच मुख्यमन्त्री राउतले १५ शैय्याको नगरस्तरीय अस्पताल भवनको शिलान्यास गर्नुभएको हो ।
अस्पतालक भवनको शिलान्यास गर्दै मुख्यमन्त्री राउतले प्रदेश २ को विकास बिना देश समृद्ध हुन नसक्ने तर्क गर्नुभयो । स्वास्थ्य, शिक्षा लगायतको क्षेत्रमा पछाडी परेको प्रदेश २ को विकास गरेर देशलाई समृद्ध बनाउनुपर्ने धारणा राख्नुभयो ।
दशकौदेखि पछाडी पारिएको प्रदेश २ मा सबै दलहरु मिलेर विकास निर्माणलाई अघि बढाउनुपर्ने मुख्यमन्त्री राउतले थप्नुभयो । प्रमुख दलहरुले मधेशमा कहिल्यै विकास चाहेनन्, उहाँले भन्नुभयो–होइन् भने मधेशको अवस्था यस्तो हुने थिएन् । ती दलका नेताहरु मधेशप्रति इमान्दार नभएकै कारण यहाँको जनताले विकासको अनुभूति गर्न नसकेको उहाँले तर्क गर्नुभयो ।
गणेशमान चारनाथ नगरपालिकाका प्रमुख रामबाबु यादवको अध्यक्षतामा भएको कार्यक्रममा समाजवादी पार्टी संसदीय दलका उपनेता रामअशिष यादव, नेकपाका प्रदेश सभा सदस्य किशोरी साह, समाजवादी पार्टीका केन्द्रिय सदस्य दिपक कार्की, केन्द्रिय परिषद् सदस्य श्याम यादव, नगर उपप्रमुख मिना कुमारी यादव लगायतले शुभकामना मन्तव्य राख्नुभयो ।
स्थानीय केदार बहादुर सिंहले उपलब्ध गराउनुभएको एक विग्हा जग्गामा सात करोड २० लाख ९६ हजारको लागतमा नगरस्तरीय अस्पताल निर्माण हुन लागेको छ । सो अवसरमा जग्गादाता सिंहलाई नगरपालिकाले सम्मान गरेको थियो । उक्त नगरस्तरीय अस्पतालको निर्माण कार्य तीन वर्षमा पुरा हुने नगरपालिकाका ई। लखनदेव यादवले बताउनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…