विद्यार्थी जनमत संघ सिरहाको अध्यक्षमा सहनी
जनमत पार्टीले संगठन निर्माण तथा विस्तार कार्यलाई तीव्रता दिएको छ ।

२०७६ पुस १९ शनिबार, बिहान ११:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । डा. सिके राउत नेतृत्वको जनमत पार्टीको भातृ संगठन विद्यार्थी जनमत संघको सिरहा जिल्ला तदर्थ कार्यसमिति गठन गरिएको छ ।
सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभाहलमा शुक्रबार आयोजित एक कार्यक्रमबीच अरविन्द सहनीको नेतृत्वमा जिल्ला कार्यसमिति गठन गरिएको हो । यस्तै, जिल्ला उपाध्यक्षमा कुशेश्वर ठाकुर र सचिवमा रामअधिन पासवान चयन भएका छन् ।
जनमत पार्टीका केन्द्रीय नेता तथा जिल्ला संयोजक राजकुमार त्यागी तथा विद्यार्थी जनमत संघका केन्द्रीय अध्यक्ष पोषण यादवसहितको उपस्थितिमा जिल्ला कार्यसमिति गठन गरिएको हो । मधेशको मुहार फेर्ने एजेन्डासहित अघि बढेको जनमत पार्टीको भातृ संगठन विद्यार्थी जनमत संघले अब मधेशका जिल्ला जिल्लामा शिक्षा क्षेत्रमा सुधारको कार्य गर्ने योजना बनाएको छ ।
तत्कालिन स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. राउत मूलधारको राजनीतिमा आएसँगै बनाएको जनमत पार्टीले संगठन निर्माण तथा विस्तार कार्यलाई तीव्रता दिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…