सिरहाबाट १९ लाख घुस रकमसहित तीन इञ्जिनियर फन्दामा
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि बर्दिबास लगिएको छ ।

२०७६ पुस १८ शुक्रबार, राति ९:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहा लहानका सडक डिभिजन कार्यालय प्रमुख सिभिल इञ्जिनियर विनोद साहसहित तीनजना झण्डै १९ लाख घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले उनीहरु तीनै जनालाई शुक्रबार साँझ कार्यालयबाट नै पक्राउ गरेको हो । पक्राउ पर्नेमा विनोदसहित इञ्जिनियर नवीन साह र ओभरसियर विरेन्द्र साह रहेका छन् ।
दुईजनालाई १५ लाख ९६ हजार घुस रकमसहित पक्राउ गरिएको अख्तियारले जनाएको छ । रुपनीदेखि राजविराज हुँदै कुनौलीसम्मको सडकमा निर्माण सम्पन्न गरेपछि बाँकी भुक्तानीका बेला ठेकेदारसँग घुस मागेका उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको हो ।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि बर्दिबास लगिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…