रौतहट : भारतीयलाई नागरिकता दिलाउने मेयर कुशवाहालाई २५ हजार जरिवाना
न्यूज ब्यूरो, रौतहट । भारतीय नागरिकलाई जन्मसिद्धको आधारमा नेपाली नागरिकता दिलाउन सहयोग गरेको अभियोगमा जिल्ला अदालत रौतहटले कटहरिया नगरपालिका प्रमुख सियारामप्रसाद कुशवाहासहित २१ जनालाई जनही २५ हजार रुपैयाँ जरिवाना गरेको छ । भारतको विहार राज्य पूर्वी चम्पारण जिल्ला घर भई रौतहट हथियाही बस्न हाफिज देवान

२०७६ पुस १८ शुक्रबार, राति ८:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । भारतीय नागरिकलाई जन्मसिद्धको आधारमा नेपाली नागरिकता दिलाउन सहयोग गरेको अभियोगमा जिल्ला अदालत रौतहटले कटहरिया नगरपालिका प्रमुख सियारामप्रसाद कुशवाहासहित २१ जनालाई जनही २५ हजार रुपैयाँ जरिवाना गरेको छ ।
भारतको विहार राज्य पूर्वी चम्पारण जिल्ला घर भई रौतहट हथियाही बस्न हाफिज देवान र ओली महमद देवान फकीरलाई झुटो विवरणको आधारमा नागरिकता दिलाएको अभियोगमा जिल्ला न्यायाधीश उमानाथ गौतमको इजलासले जरिवानाको फैसला सुनाएको हो । अदालतले झुटो विवरणको आधारमा नागरिकता लिने दुई भारतीयको नागरिकता बदर गरी जनही ५० हजार रुपैयाँ जरिवाना गरेको अदालतका उपसचिव गुणराज पराजुलीले जानकारी दिए ।
मेयर कुशवाहले ती दुई भारतीय नागरिकलाई नेपाली नागरिक हो भनी सिफारिस तथा साक्षी सनाखत गरेका अदालतले ठहर गरेको हो । उनले तत्कालिन माओवादी पार्टीका प्रतिनिधिको हैसियतमा सिफारिस र साक्षी सनाखत गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…