राष्ट्रिय सभामा नेता ‘सँजय साह' को पनि चर्चा
यसपाली पनि राष्ट्रिय सभामा २ सिट कुन अध्यक्षको भागमा पर्ने अहिले निश्चित भएको छैन ।
२०७६ पुस १८ शुक्रबार, दिउँसो १:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय सभामा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) युवा नेता संजय साहको पनि चर्चा चुलिएको छ । राजपा नेपालले राष्ट्रिय सभामा दुई सिटका लागि नेकपा संग सहकार्य गर्ने निर्णय गरेपछि अहिले राजपाको सामुन्ने अब कसलाई राष्ट्रिय सभामा पठाउने बिषयमा अड्कलबाजी सुरु भएको छ ।
राजपा नेपालले प्रदेश नं. २ बाट दुई जना राष्ट्रिय सभाका सदस्यहरुले दुई बर्षे कार्यकाल समाप्ती संगै पार्टी भित्र थुप्रै आकांक्षीहरु देखा परेका छन्। राजपा नेपालका शिर्ष नेतृत्व अझै पनि त्यो विषयमा मुख खोल्न मानेको छैन । पार्टी भित्र अहिले राष्ट्रिय सभामा रहनु भएका दुई जनालाई नै निरन्तरना दिने कि नयाँ व्यक्ति चलन गरी पठाउने विषयमा अनौपचारिक छलफल समेत सुरु भएको छ।
राजपाका ६ जना अध्यक्ष मण्डलले विगतमा भाग–बण्डाको आधारमा पदहरु बाँडफाँड गर्दै आएका छन् । यसपाली पनि राष्ट्रिय सभामा २ सिट कुन अध्यक्षको भागमा पर्ने अहिले निश्चित भएको छैन ।
को हुन् संजय साह ?
राजपाका युवा नेता तथा सहकारी बिभाग केन्द्रिय संयोजक संजय साह चर्चित सहकारीकर्मी हुन् । आन्दोलन र सडक संघर्षक बेला सधै अगाडी रहने युवा नेता साह मधेशको राजनीतिलाई बिगत १५ बर्ष देखि नजिकबाट एक उढाहारणीय व्यक्ति पनि बनेका छन् ।
राष्ट्रिय सभाको युवा नेताहरुलाई पठाउने राजपाको सामुने अवसर आएको छ। विदेह नगरपालिका निवासी युवा नेता साह तत्कालिन अवस्थामा मधेशको माग पुरा गर्न सशस्त्र अन्द्लोन मार्फत मधेशको माग पुरा गर्नमा सधै आगाडी रहेका छन् ।
नेता सँजय साह तत्कालिन तमलोपाबाट राजपाका अध्यक्ष मण्डल प्रथम सँयोजक रहनुभएका राजपा एवम् मधेशका परिचित नेता महन्थ ठाकुरका नजिकी मानिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
रजनिश साह
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…