सिरहामा युवालाई प्राथमिक उपचार सम्बन्धि तालिम
न्यूज ब्यूरो, सिरहा । सिरहामा युवाहरुलाई प्राथमिक उपचार तालिम दिइएको छ । भोलुन्टियर कप्र्स नेपालको आयोजनामा बिहीबार सिरहाको विष्णपुर गाउँपालिकामा एक कार्यक्रमबीच युवाहरुलाई प्राथमिक उपचार तालिम दिइएको हो । संस्थाले सिरहामा सिरहाका युवाहरुको संगठन सिरहा युवा सञ्जालको समन्वयमा तालिम कार्यक्रम गरेको हो

२०७६ पुस १८ शुक्रबार, दिउँसो १२:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा युवाहरुलाई प्राथमिक उपचार तालिम दिइएको छ ।
भोलुन्टियर कप्र्स नेपालको आयोजनामा बिहीबार सिरहाको विष्णपुर गाउँपालिकामा एक कार्यक्रमबीच युवाहरुलाई प्राथमिक उपचार तालिम दिइएको हो । संस्थाले सिरहामा सिरहाका युवाहरुको संगठन सिरहा युवा सञ्जालको समन्वयमा तालिम कार्यक्रम गरेको हो ।
मानव जीवनमा आईपर्ने विभिन्न दुर्घटना, विपत्ति र रोगहरुबाट कसरी बच्ने र बचाउने, आकस्मिक रुपमा कसैलाई अस्पताल लानु परेको अवस्थामा बिरामीलाई कसरी अकालमा मर्नबाट जोगाउने जस्ता अति आवश्यक जानकारीहरु सो तालिममा गराइएको छ । तालिममा बेहोश हुने, छारे रोग, अंगभंग भएमा, घाँटीमा अड्केमा, करेण्ट लागेमा, सर्पको टोकाई, रक्तस्राव, आगोले पोलेमा, बिष सेवन गरेमा, हृदयघात, किराको टोकाई, दम, लुरगर्मी लागेमा, आघात, स्वास प्रस्वास र रक्तसञ्चार प्रणाली, नाकबाट रगत आएमा तत्तकाल कसरी प्राथमिक उपचार गरिने भन्ने बारेमा तालिम दिइएको छ ।
प्राथमिक उपचारको अभावबाट अकालमा ज्यान गुमाउनेहरुको संख्या घट्ने अपेक्षा संस्थाको छ । देशमा स्वास्थ चेतनाको पनि कमी रहेको भन्दै सो संस्थाले प्राथमिक उपचार सम्बन्धि तालिम गराएको छ ।
कार्यक्रममा विष्णुपुर गाउँपालिकाका प्रमुख जागेश्वर यादवसमेत सरिक थिए । उनले भौतिक विकास भन्दा मान्सिक विकास हेतु आफूले बजेट नै छुट्याउने बाचा गरे । प्रदेश २ सरकारको अनुमतिमा भइरहेको यो तालिम प्रदेशको आठै जिल्लामा हुने संस्थाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…