वडाका जनताबाट वडाअध्यक्षले समस्या र गुनासो सुने
न्यूज ब्यूरो, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ३ को सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । वडाले गरेका काम प्रभावकारी भए नभएको सन्देश नागरिक समक्ष ल्याउनको लागि सार्वजनिक सुनुवाई गरिएको हो । कार्यक्रममा विकास निर्माणको अवस्था, लक्षित वर्गको वजेट, लक्षित समुदायलाई संबोधन भए वा भएनन् भन्ने
२०७६ पुस ६ आइतबार, दिउँसो ३:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ३ को सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । वडाले गरेका काम प्रभावकारी भए नभएको सन्देश नागरिक समक्ष ल्याउनको लागि सार्वजनिक सुनुवाई गरिएको हो ।
कार्यक्रममा विकास निर्माणको अवस्था, लक्षित वर्गको वजेट, लक्षित समुदायलाई संबोधन भए वा भएनन् भन्ने बिषयबस्तु नागरिकले प्रश्नहरु उठाएका थिए । जवाफदेहि निकायको तर्फबाट बोल्दै शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले नगरपालिका तथा वडाले योजना अनुरुप काम गर्न सफल भएको बताउनुभयो । अधिकारीले जनताले तिरेको राजस्व हिना बिना नभएको बताउँदै स्थानिय तहलाई नागरिकले सकरात्मक सहयोग गरे मात्र योजना सफल हुने बताउनुभयो ।
त्यसैगरी शिवराज नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले नागरिकलाई संबोधन गर्दै वडाको आवश्यकता अनुसार तिब्र गतिमा काम भएको बताउंनुहुँदै प्रचारमुखि भन्दा पनि काममुखि भएको दाबी गर्नुभयो । वडा अध्यक्ष सापकोटाले वडा भित्र रहेका समस्यालाई एक पछि अर्को गर्दै समाधान गर्दै अंगाडी बढेको जानकारी दिदैं वडा भित्र हरेक नागरिकका समस्या संबोधन हुने हिसावले काम अंगाडी बढाएको समेत थप्नुभयो ।
कार्यक्रममा बोल्दै नेपाली कांगेश युवा नेता अजय थापाले दिनहु वैदेशिक रोजगारीका लागि पलायन हँदै गरेका युवालाई स्वरोजगार बन्न सक्ने तथा साथै नगरपालिकाले काम गर्दा सबैको सल्लाह सुझाव अनुसार गर्नुपर्ने बताउनुभयो । दिनप्रतिदिन महिला दिदीबहिनीहरु असुरक्षित बन्दै गएको तर्फ नगरपालिकाको ध्यान दिन आवश्यक रहेको औल्याउनुभयो ।
वडाअध्यक्ष सापकोटाको अध्यक्षतामा सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा शिवराज जगरपालिका प्रमुख नेत्रराज अधिकारीले प्रमुख आथित्यताको आसनबाट जनतालाई सम्बोधन गर्नुभएको थियो । किर्डाक नेपालका कार्यक्रम अधिकृत श्री भन्डारी, शिवराज नगरपालिका प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद अर्याल, समयथान माबिका प्रअ. गिरी प्रसाद गैर, वडा प्रहरी कार्यालयका प्रतिनिधि, शिक्षक, संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायत नागरिकको सहभागिता र संचारकर्मी माधब बेल्बासेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
राम अवतार चौधरी
न्यूज ब्यूरो, संवाददाता















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…