धनुषा बमकाण्ड : जनकपुरबाट विप्लवका अर्का नेता समातिए
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा भएको बम विस्फोट घटनामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका नेता जनकपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा विप्लव समूहका जनकपुर इञ्चार्ज रोहित ढकाल रहेका छन् । उनलाई बिहीबार साँझ बजार क्षेत्रबाटै पक्राउ गर

२०७६ पुस ४ शुक्रबार, बेलुकी ७:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा भएको बम विस्फोट घटनामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका नेता जनकपुरबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा विप्लव समूहका जनकपुर इञ्चार्ज रोहित ढकाल रहेका छन् । उनलाई बिहीबार साँझ बजार क्षेत्रबाटै पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ ।
महेन्द्रनगर बमकाण्डको अनुसन्धान गर्न गठित प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहको टोलीले ढकाललाई समातेको हो । सिन्धुलीका स्थायी बासिन्दा ढकालमाथि अनुसन्धान भइरहेको प्रहरीस्रोतले जनाएको छ । पक्राउ परेका ढकालले शुरुमा आफुलाई पत्रकार भन्दै परिचय लुकाउने प्रयास गरेका थिए । तर, जनकपुर आएको जानकारी पाएसँगै प्रहरीले केहीदिनदेखि उनीमाथि निगरानी राखेको थियो ।
गत मंसिर २७ गते शुक्रबार राति करिब १२ बजेको समयमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा प्रहरी निरीक्षक अमिर दाहाल र स्थानीय बाबु–छोराको ज्यान लिनेगरी भएको बम विस्फोट घटनामा विप्लव समूहको संलग्नता रहेका सुरक्षा निकायले निष्कर्ष निकालेको छ । विस्फोट भएलगत्तै प्रहरीले तीन जनालाई नियन्त्रणमा लिइसकेको छ ।
पक्राउ परेकामध्ये धनुषाको मिथिला विहारी नगरपालिका–१ बस्ने रामसोभित पासवान विप्लव समूहसँग आवद्ध रहेको पुष्टि भएको छ । उनी पक्राउ परेपछि विप्लव समूहलाई लक्षित गरेर बमकाण्डको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…