धनुषा : २ मोसा जुध्दा १ जनाको घटनास्थलमै मृत्यू, २ घाईते !
होन्डा साइनमा सवार युवकको घटनास्थलमै मृत्यू भएको छ

२०७६ पुस ३ बिहीबार, बेलुकी ७:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । अहिले केही बेर अगाडी मात्र धनुषामा दुई मोसा (मोटरसाईकल) एक आपसमा जुध्दा एक जनाको घटनास्थलमै मृत्यू भएको छ ।
धनुषा मिथिला नगरपालिका वडा नं. ६ ढल्केवर स्थित दुईटा मोटरसाईकल एक– आफसमा ठोकिदा एक जनाको घटनास्थलमै मृत्यू भएको छ भने अन्य २ जना गम्भिर घाईते भएका छन् । पुर्वपक्षिम राजमार्ग ढल्केवर चौक भन्दा पुर्व रोइल सम्राट होटल नजिकै दुर्घटना भएको हो ।
ईलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तर्गत ढल्केवर स्थित पुर्वबाट पक्षिमतर्फ आइरहेको ज ९ प ९८५९ नम्बरको होन्डा साइन र पक्षिमबाट पूर्व तर्फ गइरहेको ना ६५ प ९२९२ नम्बरको पल्सर मोटरसाइकल एक आपसमा ठोक्किदा मानवीय क्षति भएको हो ।
मृत्यू हुनेमा धनुषाको कमला नगरपालिका वडा नं. ६ सिँयाही मडान बस्ने तथा हाल धनुषाधाम नपा वडा नं. ६ मामा घर बस्दै आएको बर्ष ३० का दिपु कुमार महतो रहेको छ । प्रहरीले दिएको जानकारी अनुसार दुई मोटरसाईकल एक आपसमा ठोक्किदा दिपु लडे लगत्तै तीव्र गतिमा आएको ना ५ ख ८२९६ नम्बरको ट्रकले किचिएपछि घटनास्थलमै मृत्यू भएको हो ।
यता, ट्रक ईलाका प्रहरी कार्यालय ढल्केवरमा राखिएको छ भने मृतकको शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पताल जनकपुर पठाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…