सिरहा मालपोत घुसकाण्ड : अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर
मण्डल ५ लाख घुससहित कार्यालयमै रंगेहात अख्तियारको फन्दामा परेका थिए ।

२०७६ पुस १ मंगलबार, बिहान ९:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाका निमित्त मालपोत अधिकृत रामबाबु मण्डलविरुद्ध ५ लाख भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
उच्च अदालतमा विचाराधीन जग्गा विवादको सिलसिलामा सेवाग्राहीको नाममा कायम हुन आएको खुल्ने निर्णयसहितको कागजात दिन आनाकानी गरी घुस लिएको आरोपमा अख्तियारले उनलाई पक्राउ गरेको थियो । मण्डल ५ लाख घुससहित कार्यालयमै रंगेहात अख्तियारको फन्दामा परेका थिए ।
अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले मण्डलले गरेको काम भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ (१) बमोजिम भ्रष्टाचार पुष्टि भएकाले विशेष अदालतमा मुद्दा दायर गरेको बताए । मण्डलविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा ९१० को खण्ड (घ) बमोजिम जरिवाना र कैद सजाय र ५ लाख रुपैयाँ विगो मागदावी गरिएको अख्तियारले जनाएको छ ।
सम्बन्धित समाचार : सिरहाका मालपोत प्रमुख ५ लाख घुससहित अख्तियारको फन्दामा
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…