सिरहाका मालपोत प्रमुख ५ लाख घुससहित अख्तियारको फन्दामा
शुक्रबार विहान सेवाग्राहीबाट घुस लिँदालिँदै कार्यालय प्रमुख रामबाबु मण्डल कार्यालयबाटै पक्राउ गरेका हुन् ।

२०७६ मंसिर ६ शुक्रबार, दिउँसो १:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । जिल्ला मालपोत कार्यालय सिरहाका प्रमुख ५ लाख रुपैयाँ घुससहित रंगेहात अख्तियारको फन्दामा परेका छन् ।
शुक्रबार विहान सेवाग्राहीबाट घुस लिँदालिँदै कार्यालय प्रमुख रामबाबु मण्डल कार्यालयबाटै पक्राउ गरेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले मण्डललाई घुससहित पक्राउ गरेको कार्यालय प्रमुख सह–सचिव नारायणप्रसाद सापकोटाले जानकारी दिए । सुकुम्बासीको नाममा आएको जग्गाको विषयमा उच्च अदालत, विराटनगरले प्रमाण माग गरेपछि पीडित मालपोत कार्यालयमा पुगेका थिए ।
त्यससम्बन्धी कागज माग्ने क्रममा मण्डलले कागज दिन आनाकानी गरेर रकम माग गरेको उजुरी अख्तियारमा परेको थियो । शुक्रबार घुस लिन लागेको विशेष सूचनाको आधारमा अख्तियारले कार्यालयमै उनलाई घुससहित फन्दामा पारेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…