सिरहामा बलात्कारपछि हत्या गरेर फरार अभियुक्त पक्राउ
न्यूज ब्यूरो, सिरहा । सिरहामा जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दाको फरार प्रतिवादी पक्राउ परेका छन् । सिरहाको भगवानपुर गाउँपालिका ३ का ३८ वर्षीय अजय कुमार यादव प्रहरीले पक्राउ गरेको हो । आइतबार ११ बजेको समयमा अस्थाई प्रहरी पोष्ट भगवानपुर सिरहाबाट खटिएको गस्ती टोलीले जबर्जस्ती करणी तथा कर्तव्य ज्

२०७६ मंसिर २३ सोमबार, दिउँसो ४:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दाको फरार प्रतिवादी पक्राउ परेका छन् ।
सिरहाको भगवानपुर गाउँपालिका ३ का ३८ वर्षीय अजय कुमार यादव प्रहरीले पक्राउ गरेको हो । आइतबार ११ बजेको समयमा अस्थाई प्रहरी पोष्ट भगवानपुर सिरहाबाट खटिएको गस्ती टोलीले जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दाको फरार प्रतिवादी यादवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनलाई घरमा लुकीछिपि बसेको अवस्थाबाट पक्राउ गरिएको हो । पक्राउ गरिएका यादवलाई ईलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…