दाइजो प्रथालाई तामाचा : 'दाइजो लिनु महापाप हो, त्यसैले आदर्श विवाह गरे'
दाइजो प्रथा विकराल रहेको तराई मधेशमा बुझ्ने व्यक्तिहरुले आदर्श विवाह तिर पाइला बढाउँदै गएका छन् ।

२०७६ मंसिर २३ सोमबार, दिउँसो ३:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । समाजमा रहेको व्याप्त दाइजो प्रथाका कारणले धेरैलाई विवाह अहिले महँगो हुन थालेको छ । तर, विकृतिको रुपमा विकराल रुप लिँदै गएको दाइजो प्रथालाई तामाचा दिँदै महोत्तरीमा एक जोडीले आदर्श विवाह गरेका छन् ।
महोत्तरीको भंगहा नगरपालिका–४ बनरा थारुटोलका मकसुदन मिश्रका सुपुत्र पुप्पु मिश्रले आदर्श विवाह गरेका हुन् । उनी आईतबार गौशाला नगरपालिका–६ फूलकाहा निवासी लालबाबु झाकी सुपुत्री पूजा झासँग आदर्श विवाह गर्दै वैवाहिक जीवनमा प्रवेश गरेका छन् ।
समाजिक क्षेत्रमा काम गर्दै आएको समाजिक संस्था अपन मिथिला सेवा समाजका सचीव समेत रहेका मिश्रले आदर्श विवाह गरेर दहेज प्रथा परास्तको लागि प्रयास गरेका छन् । दाइजो लिनु पाप हो भन्ने मान्यतालाई आत्मसात गर्दै आदर्श विवाह गरेको उनले प्रतिक्रिया दिए ।
यस विवाहले समाज परिवर्तनमा अहम् भूमिका तथा व्याप्त दाइजो प्रथालाई अन्त्यको संदेश प्रवाह गरेको अपन मिथिला सेवा समाजका केन्द्रीय अध्यक्ष मंसाराम यादव बताउँछन् । यो विवाहबाट दहेजमै बिक्नेहरुले पाठ सिक्नुपर्ने उनले बताए ।
तराई मधेशमा आर्थिक अवस्थाले लथालिंग अभिभावकले पनि ऋण काढेर छोरीको विवाहमा दहेज दिनुपर्ने बाध्यता भयावह छ भने दाइजो प्रथालाई उन्मूलन गर्न प्रयास स्वरुप बुझ्ने व्यक्तिहरुले आदर्श विवाह तिर पाइला बढाउँदै गएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…