व्यक्तिगत रिसबीले चरित्र हत्या गर्ने प्रयास : मेयर यादव
त्यसलाई निन्दा सहित आफै हेरेर यथार्थ समाचार प्रकाशित गर्न चुनौति समेत विज्ञप्ति मार्फत गरिएको छ ।

२०७६ मंसिर २० शुक्रबार, दिउँसो १२:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिकाका नगर प्रमुख अनिल कुमार यादवले व्यक्तिगत रिसबीका कारण पत्रिकामा आफू विरुद्ध गलत समाचार लेखेको बताएका छन् ।
जनकपुरबाट प्रकाशित हुने डेली एक्सप्रेस नामक पत्रिकामा सवारी साधन दुरुपयोग सम्बन्धी प्रकाशित भएको समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै नगरपालिकाको कार्यालयबाट जारी गरिएको प्रेस विज्ञप्तिमा मिथ्या आरोप लगाएको खण्डन गरेका छन् ।

नगरका मेयर यादवद्धारा हस्ताक्षरित सो विज्ञप्तिमा गलत र निराधार आरोप लगाउनु निन्दनीय कार्य भएको उल्लेख गरिएको छ । सवारी साधन दुरुपयोगको समाचारप्रति खण्डन गर्दै मेयर यादवले नगरपालिकाको कार्यालय हाताभित्र ठुलो सवारी राख्ने ठाउँ नभएकोले बाहिर राख्नुपरेकोमा त्यसलाई मुद्दा बनाएर दुरुपयोग गरेको भनेर गलत आरोप लगाएको दाबी गरिएको छ ।
नगरपालिकामा ठाउँ नभएको कारण नगरपालिकाकै मातहतमा रहेको सरकारी विद्यालयको कम्पाउण्डभित्र राखिएको जानकारी गराइएको छ । यसका साथै, सवारी साधन दुरुपयोगको प्रोपागाण्डाका रुपमा डेली एक्सप्रेसले झुठो र गलत समाचार प्रकाशन गरेको भन्दै त्यसलाई निन्दा सहित आफै हेरेर यथार्थ समाचार प्रकाशित गर्न चुनौति समेत विज्ञप्ति मार्फत गरिएको छ ।
न्यूज ब्यूरोसँगको कुराकानीमा मेयर यादवले बिना कुनै प्रमाण र आधारको समाचार लेख्नु व्यक्तिगत रिसबी मात्र हुन सक्ने बताएका छन् । उनले भने, - "म विरुद्ध कसैले वा कुनै पत्रकारले समाचार लेख्यो राम्रो कुरा हो तर त्यसको प्रमाण पनि त दिनुपर्छ नी ? कि हावा तालमा लेखेर चरित्र हत्या गर्ने ? यो व्यक्तिगत रिसबी भएन ?", यसका साथै उनले प्रमाण सहित समाचार लेख्न आग्रह पनि गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…