'राम राज' को सहि अभ्यास डा. सिके राउतबाट सिक्नुपर्छ !
दिन्हु र सधैं जसो एउटै छापको पट्टी पढाउने नेताहरुलाई पनि उछिन्दै डा. राउतको लाउडस्पीकर (हर्न) को आवाजले नयाँ सबेराको सुरुवात गर्न खोजेको देखिएको छ ।

२०७६ मंसिर १९ बिहीबार, बिहान ८:२४ बजे४ मिनेट पढाइ

[ सम्पादकीय ] । डा. सिके राउत एक दुरदर्शी व्यक्तित्वमा मानिन्छ देशमा । हालै सम्पन्न उपनिर्वाचनको अभ्यासमा रामराजको अभ्यास गरिएको दाबी डा. सिके राउतले गरेका छन् । गत मँसिर १४ गते सम्पन्न भएको उप निर्वाचनमा केही ठाउँबाट उनको जनमत पार्टी पनि उम्मेदवारी दिएको थियो र सम्माजनक मत पनि ल्याउन सफल भए ।
कसैले नचिनेका उम्मेदवार, कसैले नचिनाएका उम्मेदवार, सधैं गाउँमा दबिएर रहेका ती व्यक्ति (उम्मेदवार), सधैं राज्यको मूलधारबाट टाढा रहेको व्यक्तिलाई उम्मेदवार बनाएर चुनावमा उभ्याए डा. सिके राउत । टोलमा पनि राम्ररी नचिन्ने र जातीयताकै आधारमा पनि मत दिने प्रणालीलाई तोड्न डा. राउतले रचेको नयाँ अभ्यास सफल भएको उनको दाबी छ ।
उनले राम राज्य ल्याउन खोजेका हुन, सायद यसैले होलान की चुनाव लडनु भन्दा पनि चुनावमा अल्पसँख्यक, सीमान्तकृत समुदायलाई राज्यको मूलधारसम्म पुरयाउनु पनि उनको उदेश्य थियो । हालै गठन भएको उनको पार्टी, जनमत पार्टी । हो जहाँ कुनै गाउँमा ६ जना पनि थिएनन उनको पार्टीको सदस्य, त्यहाँ पनि उम्मेदवारी र चुनावको अभ्यास गर्दा ६०० मत ल्याउनु उनको लागि साधारण मत कदापी पनि होइनन् ।
डा. सिके राउत भन्छन्, "म मधेशमा रामराज ल्याउन खोज्दैछु, सत्ता जनताको हातमा हुनेछ, चोर, बदमास, गुण्डा राज्यमा केबल डर, त्रास, भय र गुलामीमा जीवन सोझासाझा जनताहरुको बित्नेछ । जनमत पार्टीको उदेश्य जनताको शासन हो, जनताले राम राज्य घोक्दैछन्, तर रामराज्य कस्तो हुन्छ भने हामी मधेशी जनतालाई महसुस गराउन खोज्दैछौं । जनताले अब राम राज्य खोजेको छ र यो विस्तारै पिकअप लिनेछ । सुरुवात राम्रो छ ।"
बर्षौदेखि जमेका राजनीतिक दल नेपाली काँग्रेस जस्ता पार्टीलाई पछाडी कुनै स्थानमा छाडेकै हुन डा. राउतको पार्टीले । यो साबित भने उपनिर्वाचन र उनको अभ्यासले देखाएको छ । अब मधेशमा जनता हर्नको आवाजले विहानको सूर्य किरण महसुस गर्न खोजेको देखिएको छ । मन्दिर, मस्जिदमा एका विहानै जागरुकता साथ मधेशीलाई जगाइदिने आसमा पनि लाउडस्पीकर खोज्दैछ मधेशी जनता । बर्षौदेखि निन्द र नशामा हराएका मधेशीहरुले लाउडस्पीकरको आवाजले मात्र उठने भनेर संकेत पनि दिएको महसुस गरिएको छ ।
८ वटा जिल्लामा समाजवादी पार्टी र राजपाको गढ मानिएपनि पार्टी विस्तार नहुँदै, विभिन्न टोल, गाउँमा डा. राउतको पार्टीको गठन नुहुँदै उपनिर्वाचनमा ल्याएको मत असाधारण थियो । जहाँ सिँगो गाउँ, टोल नै एउटै पार्टीको भएको खण्डमा डा. सिके राउतले चुनावकै बेला गरेको प्रचारबाट कमाएको मत असाधारण थियो । दिन्हु र सधैं जसो एउटै छापको पट्टी पढाउने नेताहरुलाई पनि उछिन्दै डा. राउतको लाउडस्पीकर (हर्न) को आवाजले नयाँ सबेराको सुरुवात गर्न खोजेको देखिएको छ ।
जहाँ अन्य राजनीतिक दलले दारु, रक्सी, माछा, मासू, नगद बाँडेर, रातराती हप्काएर, धम्काएर भोट मागिरहे, त्यस्तो अवस्थामा पनि डा. राउतको पार्टी कार्यकर्ताले निर्वाचनको आचार संहित पूर्ण रुपमा पालना गर्दै थिए । राम राज ल्याउनको लागि जनतालाई प्रलोभन होईन, मन जितेर २ टा भोट लिन सके सम्मान जनक हुने उनको कथन छ । उपनिर्वाचनको परिणाम अनुसार पहिलो बलमै डा. राउतको पार्टीले छक्का हानेको देखिएको छ ।
चुनावको अभ्यासकै क्रममा रहेका डा. राउतको पार्टी तराई मधेशमा काँग्रेसभन्दा बलियो देखियो । बिना, दारु, माँस, मदिरा, पैसा, धाकधम्की, पार्टीगत कार्यकर्ता, छापको धाकको बलमै विभिन्न ठाउँमा नचिनेकालाई पनि केही न केही भोट आएकै देखियो । डा. राउत भन्छन्, हामीले यस उपनिर्वाचनमा चुनावको अभ्यास मात्र गरेका छौं । यो ट्रेलर थियो, पिक्चर अहिले बाँकी छ ।
उनले भनेका छन्, :
जहाँ ६ आदमी नहीं थे, वहाँ से ६०० मत मिला है !
हम आगे बढ़ रहे हैं...
एक सच्चाई ये भी...
१. क्या पिपरा में नोमिनेशन से १ महिने पहले तक हमारा ६ आदमी भी खुलके लगनेवाला था ? - नहीं।
२. क्या पिपरा के किसी वडा या टोल में भी समिति थी ? - नहीं
३. क्या हम नोमिनेशन से ५ दिन पहले भी उम्मेदबार को जानते थे ? - नहीं।
४. क्या हमने कोई एक वोट भी ५००-१००० रुपये देकर या दारू पिलाकर खरीदा है ? - नहीं
यह बात हम नहीं भूलें।
हाँ, यह सच है लोगों की अपेक्षा बहुत ही ज्यादा बढ गई थी।
वरना हम लोगों की चिन्ता की बात बिलकुल नहीं है।
क्योंकि हम तो १०० गुणा ज्यादा बढ़े हैं।
जहाँ ६ लोग नहीं थे वहाँ से ६०० से ज्यादा मत मिले हैं।
यह सभी आपके मेहनत का परिणाम है।
हमें आगे बढ़ते रहना है।
सभी लोग जीत की अपेक्षा रख रहे हैं, तो वह दुआ बनके हमें लगेगी ही।
हम विजय हासिल करेंगे ही।
आज से ही #जनमत पार्टी की सदस्यता ठेली उठायें, घर घर जायें, सदस्य बनायें, समिति निर्माण करें, प्रशिक्षण दें और कर्मठ कट्टर कार्यकर्ता बनायें जो डिगने से न डिगे। हम एक पल भी बैठ नहीं सकते। भविष्य हमारा है।
जय मधेश, जय जनमत, जय स्वराज !
यसो, समग्रमा हेर्दा बर्षौदेखि अड्डा जमाएका राजनीतिक पार्टीहरुको अनुपातमा भर्खर जन्मेका डा. राउतको पार्टी घर बाहिर पनि ननिस्कँदै अभ्यासमै छक्का हानेका छन् । यसको अर्थ यो पनि देखियो की मधेशमा मधेशी चाहन्छन्, : होर्न प्लीज, प्लीज हर्न ।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…