जनकपुरमा आज सीताकी 'मटकोर'
गँगासागरमा गरिने भएको छ भने मटकोरमा पनि हजारौँ श्रद्धालु सहभागीता रहनेछ ।

२०७६ मंसिर १४ शनिबार, बिहान ९:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत शनिबार पाँचौ दिन मटकोर कार्यक्रम हुने भएको छ ।
महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव सम्पन भएको छ भने आज शनिबार पाँचौँ दिन मटकोर र छैठौं दिन मंसिर १५ गते (भोली) राम–सीता स्वयंवर तथा विवाह महोत्सव कार्यक्रम हुनेछ ।
त्रेता युगमा जगत जननी एवम् जनककी पुत्री माता सीताले विवाह गर्नुअघि माटो खनेको किम्दन्तीलाई मटकोर विधि भन्ने गरिन्छ । पाँचौ दिन मनाइने मटकोर विधिमा प्रतिकात्मक सीतालाई नुहाउने कार्य गरिनेछ भने त्यसै समय औकरी बाँडने कार्य गरिनेछ ।
मटकोर कार्यक्रम जनकपुरधामको पहिचानको रुपमा स्थापित प्रसिद्ध सरोवर गँगासागरमा गरिने भएको छ भने मटकोरमा पनि हजारौँ श्रद्धालु सहभागीता रहनेछ । भगवान रामको पक्षबाट राम मन्दिरका महन्थ र सिताको पक्षबाट जानकी मन्दिरका महन्थ अभिभावकको भूमिकामा देखिएका छन् ।
सम्पन्न तिल्कोत्सवमा सीता पक्षबाट विभिन्न प्रकारको सौगात (भार) लिएर राम मन्दिरमा लगिएको थियो । जसलाई तिल्कोत्सव भन्ने चलन छ ।
तिलकोत्सव भनेको विहेका लागि गरिने टीका टालो , छेका अर्थात इंगेजमेन्ट हो । तिल्कोत्सवमा जनकपुर आइपुगेका सम्पुर्ण श्रद्धालु र नगरबासीहरुको सहभागीता रहेको थियो । विगत भन्दा यो वर्ष विशेष कार्यक्रम गरेर विवाह महोत्सव मनाइदैछ ।
अयोध्याबाट जन्तीहरु विहिबारदेखि नै जनकपुरधाम आउन थालेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…