जनकपुरबाट एक पुरुष चार दिनदेखि बेपत्ता, परिवारको विचल्ली
मोबाईल नम्बर ९८२४७९१९८५ मा सम्पर्क गरी सहयोग गरिदिन अनुरोध गरिएको छ ।

२०७६ मंसिर ८ आइतबार, राति ८:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामबाट एक पुरुष विगत ४ दिनदेखि बेपत्ता बनेका छन् ।
धनुषाको धनुषाधाम नगरपालिका ३ धनुषाधामका ३० वर्षीय रगवेन्द्र साह ४ दिनदेखि सम्पर्क विहिन बनेका हुन् । जनकपुरबाट गत मंसिर ५ गते दिउँसो १ बजेदेखि उनको अवस्था अज्ञात छ ।
बिहीबारदेखि बेपत्ता उनको खोजीमा निरन्तर आफन्त लागेपनि अहिलेसम्म फेला पर्न सकेका छैनन् । निरन्तर खोजविन जारी राखेपनि उनी नभेटिएपछि उनको परिवार विचल्लीमा परेका छन् ।
निजलाई कहीँकतै भेटेमा उनको आफन्तको मोबाईल नम्बर ९८२४७९१९८५ मा सम्पर्क गरी सहयोग गरिदिन अनुरोध गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…