गाँजा खोज्दै प्रहरी
सामुदायिक प्रहरी साँझेदारी कार्यक्रम अन्तर्गत प्रहरीले सो अभियानलाई तीव्रता दिएको हो ।

२०७६ मंसिर ८ आइतबार, बिहान ११:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । अवैद्य लागूऔषध मानिएको वनस्पति गाँजा अहिले नेपाल प्रहरीको निगरानीमा रहेको छ । देशैभरि अवैद्य गाँजा खेतीलाई नष्ट पार्ने अभियानलाई तीव्रता दिएको छ ।
यसैबीच, जिल्ला प्रहरी कार्यालय सिरहा मातहतको ईलाका प्रहरी कार्यलय लहान र सशस्त्र प्रहरी लहान बेस क्याम्पद्धारा सिरहाको सखुवानान्करकट्टि गाउँपालिकामा गाँजा फडानि तथा नष्ट गरिएको छ । प्रहरी नीरिक्षक सुमित कुशवाहा सहित २० जना जनपद र सशस्त्र प्रहरीबाट सहायक प्रहरी नायब उपरीक्षकको कमाण्डमा १० जना गरी जम्मा ३० जनाको टोलीले गाँजाका बोटहरु नष्ट गरेका छन् ।
जिल्लाको सिरहा सखुवानान्करकट्टि गाउँपालिका वडा नं. ४ सिमराहा तथा सखुवा गाउं स्थितमा रहेको करिब सय घरधुरीको क्षेत्र ईलाकामा अवैधरुपमा लगाइएको करिब २ हजार गाँजाको बोट फेला पारी फडानी तथा नष्ट गरिएको हो । विभिन्न समयमा खोज तलास तथा सुराकीको आधारमा अवैद्य गाँजाका बोटहरु नष्ट गर्ने गरिएको जनाइएको छ ।
सामुदायिक प्रहरी साँझेदारी कार्यक्रम अन्तर्गत प्रहरीले सो अभियानलाई तीव्रता दिएको हो । समुदायमा लागू औषध गाँजाका कारण पनि कैयौं युवाहरु कुलतमा लागेको भन्दै यस्ता वस्तुलाई समाजबाट निर्मूल पार्नुपर्ने भन्दै अभियान चलाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…