कमला नदीको 'उदगम स्थल' मा कमला अभियानीहरु
शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले देखाएको चासोप्रति कृतज्ञता

२०७६ मंसिर ८ आइतबार, बिहान १०:२२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कमला बचाउ अभियान सप्ताहिक कार्यक्रम अन्तर्गत प्रसिद्ध एवम् ऐतिहासिक कमला नदीको केन्द्र बिन्दु सम्म अनुगमन गरिएको छ ।
पौराणिक एव धार्मिक ईतिहास मानिएका सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ८ कमला नदिको उदगम विन्दु जहाँबाट कमला नदि उत्पत्ति भएको मानिन्छ अभियानीहरुले त्यहाँसम्म पुगेर अनुमगन एवम् नीरिक्षण गरेका हुन् । कमला नदीको अस्तित्व बचाउको लागि गर्नुपर्ने पहल र अभियानको मोडको बारेमा समेत वृहत छलफल गरिएको हो ।
कमला बचाउ अभियान एवं सामुदायिक विकास तथा पैरवी मंच नेपालको आयोजनामा सम्बन्धित सरोकारवालाहरुको रातु र कमला जलाधार क्षेत्र र नदी प्रणाली अनुगमन तथा अबलोकन एक दिने भ्रमण कार्यक्रम गरी कमला नदी बचाउको विभिन्न प्रयास र आगामी रणनीतिबारे वृहत छलफल गरिएको हो । सिन्धुली ,महोत्तरी ,धनुषा तथा सिरहा जिल्लाका विभिन्न व्यक्तितवहरुको सहभागीतामा रानिबास कमला उत्पति भएको प्रमुख स्थानहरु अबलोकन गरिएको हो ।

सिरहा जिल्ला समन्वय समितीका सभापति रामचन्द्र ठाकुरको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा कमला नदीको पौराणिक एवम् ऐतिहासिक पहिचान बचाउनको लागि अभियानीहरुको गरेको कार्य सराहनीय रहेको बताए । उनले शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले देखाएको चासोप्रति कृतज्ञता व्यक्त गर्दै कमला नदी किनारका सबै स्थानीय तहले यसैगरी चासो देखाए कमलाको अस्तित्व संरक्षण हुने थपे ।
सो कार्यक्रममा कमला बचाउ अभियानका अभियानी एवम् सँयोजक विक्रम यादवले कमला बचाउ अभियानको एजेन्डा र आगामी कार्यनीति एवम् प्रयास बारे प्रकाश पारेका थिए । पैरवी मंच नेपालको अध्यक्ष नागदेव यादवले रातु नदि संरक्षणको लागि बर्दिवास नगरपालिकाले गरेको सहयोग र परिणामको अनुगमन समेत गरिएको थियो । सहभागी अभियानीहरुले अध्यक्ष यादवको प्रशंसा गरेको थियो ।

सिरहा र धनुषा जिल्लाको सीमाको रुपमा रहेको कमला नदीको जलाधार संरक्षण गर्न दुवै पारीका मेयर, उप मेयरहरुको पनि सहभागीता रहेको थियो । सो कार्यक्रममा शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया, निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्द कुमार झा, सहित युवा नेता महेश यादव, राजकिशोर यादव, मनोज यादवको पनि सहभागिता थियो । मानव बिकास केन्द्र अध्यक्ष कुन्दन झा, शहिदनगर नगरपालिकाकी उप मेयर शिलादेवी कापर , सबैला नगरपालिका उप– मेयर निलु देवि कापर , गनेशमान चारनाथ नगरपालिका उपमेयर मिना देवि यादव , सिरहा महानगरपालिका मेयर , कल्याणपुर नगर उप मेयर कर्जनहा उप मेयर लगायत विभिन्न वडाका वडाअध्यक्ष नागरिक समाजहरुको व्यापक उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…