नेपाल कुशवाहा कल्याण समाजद्धारा लहानमा रक्तदान
न्यूज ब्यूरो, सिरहा । नेपाल कुशवाहा कल्याण समाज सिरहाद्धारा लहानमा रक्तदान कार्यक्रम गरिएको छ । समाजले शनिबार लहानस्थित कामना नर्सिङ होममा आयोजना गरेको रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् । रगतको बढ्दो मागलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम गरिएको समाजका रोशन कुशवाहाले जानकारी दिए । नेपाल

२०७६ मंसिर १ आइतबार, बिहान ११:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । नेपाल कुशवाहा कल्याण समाज सिरहाद्धारा लहानमा रक्तदान कार्यक्रम गरिएको छ ।
समाजले शनिबार लहानस्थित कामना नर्सिङ होममा आयोजना गरेको रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् । रगतको बढ्दो मागलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम गरिएको समाजका रोशन कुशवाहाले जानकारी दिए ।
नेपाल कुशवाहा कल्याण समाजका विभिन्न भातृ संगठनको सहकार्यमा गरिएको रक्तदान कार्यक्रममा वक्ताहरुले रक्तदान कार्यक्रम आयोजना गरी रगत संकलन गरिनुले रगतको अभावमा अकालमै ज्यान गुमाउनु पर्ने परिस्थितिको अन्त्य गर्न ठूलो टेवा पुग्ने धारणा व्यक्त गरेका थिए ।
रक्तदान कार्यक्रममा सहभागी भएर रक्तदान गर्ने व्यक्तिहरुलाई आयोजकले धन्यवाद ज्ञापन गर्दै निरन्तर साथ, सहयोग एवं सहकार्यको लागि अपिल गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…