कमला मेलाका श्रद्धालुलाई निःशुल्क शिविर
कमला स्नानको लागि कमला नदीमा पुगेका श्रद्धालुहरुको लागि शिविरमा विभिन्न प्रकारको औषधी समेत वितरण गरिएको थियो ।

२०७६ कार्तिक २६ मंगलबार, बेलुकी ७:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । प्रत्येक वर्ष कार्तिक पूर्णिमाको दिन लाग्ने कमला मेलाका भक्तालुहरुलाई निःशुल्क स्वास्थ्य शिविरको माध्यमबाट सेवा प्रदान गरिएको छ ।
धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं. १ ईनरर्वा घाटमा मेला भर्न गएका हजारौं श्रद्धालुहरुलाई मध्यनजर गर्दै निःशुल्क स्वास्थ्य शिविरको व्यवस्था गरिएको थियो । सामर्थ नेपाल धनुषाको आयोजनामा सोमबार राती करिब ८ बजेदेखि सुरु भएको शिविर मँगलबार विहान ६ बजेसम्म चलेको थियो । सो शिविरको क्रममा ३ सय बढी श्रद्धालुहरुलाई सेवा प्रदान गरेको सामर्थ नेपाल धनुषाका सँयोजक ईन्द्रजीत गोईतले बताए ।
प्रत्येक वर्ष लाग्ने मेला र भक्तालुहरुको भीडलाई मध्यनजर गर्दै हुने शारिरिक समस्यालाई हेर्दै निःशुल्क शिविर सँचालन गर्दै आएको छ । विहान ५ बजेदेखि कमला स्नानको लागि कमला नदी पुगेका नेपाल भारतका विभिन्न स्थानका श्रद्धालुहरुलाई समस्या भएको बेला शिविर सँचालन गरी पहल गरेको सामर्थ नेपालका अध्यक्ष अर्जुन भूषालले जानकारी दिए । कमला स्नानको लागि कमला नदीमा पुगेका श्रद्धालुहरुको लागि शिविरमा विभिन्न प्रकारको औषधी समेत वितरण गरिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…