ढल्केवर प्रहरीद्धारा गाँजा खेती नष्ट
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको ईलाका प्रहरी कार्यालय ढल्केवरद्धारा गाँजा खेती नष्ट अभियानलाई तीव्रता दिइएको छ । ईलाका भित्र पर्ने विभिन्न गाउँहरुमा लुकाएर लगाएको प्रतिबन्धित गाँजा खेती नष्ट गर्ने अभियानलाई तिव्रता दिइएको हो । ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी नीरिक्षक एवम् ईन्चार्ज राम कुमार

२०७६ कार्तिक २२ शुक्रबार, राति ८:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको ईलाका प्रहरी कार्यालय ढल्केवरद्धारा गाँजा खेती नष्ट अभियानलाई तीव्रता दिइएको छ ।
ईलाका भित्र पर्ने विभिन्न गाउँहरुमा लुकाएर लगाएको प्रतिबन्धित गाँजा खेती नष्ट गर्ने अभियानलाई तिव्रता दिइएको हो । ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी नीरिक्षक एवम् ईन्चार्ज राम कुमार यादवको नेतृत्वमा खटि गएको टोलीले धनुषाधाम नगरपालिका वडा नं. ६ हरिपुरमा शुक्रबार करिब ५ कठ्ठा जमिनमा लगाइएको गाँजा खेती नष्ट गरिएको हो । स्थानीय भोला साह, जोगी महासेठ, किर्चो साह र राजेन्द्र सुडीले आफ्नै खेतमा लगाएको गाँजाका बोटहरु नष्ट गरेका हुन् ।
प्रहरी चौकी यज्ञभूमिको सँयुक्त टोलीद्धारा सामुदायिक प्रहरी साँझेदारी कार्यक्रमलाई पनि निरन्तरता दिँदै प्रहरी नीरिक्षक यादवले लागु औषध नियन्त्रण, गाँजा खेती, अवैद्य मदिरा नष्ट कार्यमा लागेका हुन् । समाजलाई निर्मूल पार्न तथा समाजिक विकृति सहित अपराधिक घटनामा न्यूनिकरण गर्ने उदेश्यले त्यस्ता अभियानलाई निरन्तरता दिएका हुन् । धनुषाधाम ईलाका प्रहरीमा हुँदा समेत यस्ता कार्यलाई निकै तिव्रताका साथ आफ्नो जिम्मेवारी बहन गरेका प्रहरी नीरिक्षक यादव ढल्केवरमा गएपनि झन एक्सनमा आएका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…