सिरहा आएर भारतका मन्त्रीले भने, 'समाजिक रुपान्तरणको लागि जातिय सोच त्यागौं'
न्यूज ब्यूरो, सिरहा । भारत बिहार सरकारका आपदामन्त्री लक्ष्मेश्वर राय अमातले जातिय सोचभन्दा माथि उठेमात्र समाजिक रुपान्तरण सम्भव रहेको बताएका छन् । सिरहाको बरियारपट्टी गाउँपालिका–३ जानकी नगरमा सोमबार आयोजित नेपाल अमात समाज कल्याण समिति जागरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रायले यस्तो बताएका हुन्

२०७६ कार्तिक १९ मंगलबार, बिहान ९:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । भारत बिहार सरकारका आपदामन्त्री लक्ष्मेश्वर राय अमातले जातिय सोचभन्दा माथि उठेमात्र समाजिक रुपान्तरण सम्भव रहेको बताएका छन् ।
सिरहाको बरियारपट्टी गाउँपालिका–३ जानकी नगरमा सोमबार आयोजित नेपाल अमात समाज कल्याण समिति जागरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रायले यस्तो बताएका हुन् । उनले समृद्ध समाज निर्माणको लागि सबैले एकतावद्ध भएर लाग्नुपर्ने धारणा राखे ।
यस्तै, प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले समाजको विकासका लागि शिक्षामा जोड दिनुपर्ने बताए । उनले देश शिक्षित भएमात्र विकसित हुने बताए । कार्यक्रममा विभिन्न स्थानबाट राय (अमात) समुदायको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागीहरुले अमात जातिले पनि सबै क्षेत्रमा समावेशी रुपमा स्थान पाउनुपर्ने आवाज उठाएका थिए । अर्थमन्त्री यादवले यसको लागि आफू पहल गर्ने र प्रदेश सरकारबाट हुनसक्ने हरेक सहयोग गर्ने आवश्वास दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…