गाउँको असली निष्ठालाई दबाएका शहरिया 'आधुनिक छठ'
त्यही ग्रामिण भेकमा अहिले पनि पौराणिक निष्ठा जीवन्त रहेको महसुस गर्न सकिन्छ ।

२०७६ कार्तिक १६ शनिबार, बिहान ९:५७ बजे३ मिनेट पढाइ

सम्पादकीय । भनिन्छ, छठ पर्व असली निष्ठाको व्रत हो । हो, यसमा कुनै शंका उपशंका छैन । तर, ग्रामिण भेकमा देखिने असली निष्ठालाई शहरीया छठले नदबाएको पनि होइनन् ।
राष्ट्रिय अन्तराष्ट्रिय क्यामेराहरु सबै शहरतर्फ फर्के जहाँ निष्ठाभन्दा पनि आधुनिकता र मनबमोजिमको रमझम तयार पारी छठ पर्व मनाएको देखिएको छ । हुनतः जनकपुर लगायत अन्य शहरहरुमा छठ व्रत अति निष्ठाकै साथ नगर्ने नगरेको पनी होइनन् । आधुनिकता र सजाबटको हिसाबले मात्र पनि छठलाई राष्ट्रिय अन्तराष्ट्यि मिडियाहरुले देखाउने गरेको कुरालाई नकार्न सकिदैनन् ।
जस्तै की शहरीय तीज व्रतले ल्याएको आधुनिकताका कारण गाउँमा अहिले पनि निराहार व्रत बसी, एक थोपा पानी पनि नखाईकन उपवास बस्ने गाउँकी महिलाको निष्ठालाई नत कुनै मिडियाले उजागर गर्न सकेको छ नत सरोकारबालाले पनि ती निष्ठालाई निरन्तरता दिन पहल गरेको छ ।

हामी छठ पर्वको सन्दर्भमा कुरा गर्दा धेरै जसो ठाउँमा छठ व्रतको धार्मिक विधि अनुसार साँझ अर्घ दिने परम्परा रहेकोले साँझ हुनुभन्दा केही घण्टा पहिले मात्र छठ घाटमा जाने परम्परा रहिआएपनि जनकपुरकै कुरा गर्दा अर्घ र पूजा भन्दा पनि देखाबटी र मनको हलचलले निष्ठा उपरको प्रश्न उब्जाएको देखिएको छ । जनकपुरमा एकाविहानैदेखि अर्घ लिएर छठ घाटमा स्थान थाप्ने कार्यलाई निरन्तरता दिइएको पाईन्छ । जबकी त्यही गाउँ भेकमा विशुद्ध निष्ठाले पौराणिक परम्परा अनुसारको छठ पर्व मनाउँदै आएको देखिएको छ ।
केही वर्षअघि सम्म मात्र जनकपुरमा पनि छठ पर्व एक विशुद्ध निष्ठाको रुपमा आफ्नो छाप नछाडेको पनि होइनन् । बुढापाखाले भने अनुसार छठ पर्वको बेला गँगासागर, धनुष सागर, अँगराज पोखरी, रत्नसागर पोखरी लगायत अन्य ताल तलैया र पोखरीहरुमा छठ पर्वको बेला घाटबाट उठदैन्थ्यो श्रद्धालुहरु । अहिलेको आधुनिकताले भरिपूर्ण जनकपुरको छठमा घाटमा आफ्नो अर्घ र पूजा समाग्रीलाई बेबारिसे छाडेर भएपनि शैली प्रदर्शन गर्नमा कुनै कसर बाँकी राख्दैनन् ।
मुखमुखै बोल्न नचाहेपनि भित्री आत्मादेखि त्यही अगुवाहरुले छठ पर्वको पौराणिक स्वरुपलाई स्मरण गर्दै कहाँ देखि कहाँसम्म आयो भनेर गुनासो पनि गर्दैछन् । मात्र घाट र पूजा समाग्री अगाडीमा राखेर दुवै कल जोडी स्वास्थ्य, दीर्घायू, बरकत, प्रगतिको कामना निष्ठाभाव पूर्वक गर्न निराहार व्रत बस्थ्यो । अहिले हेर्दा गँगासागर पनि त्यही छ, छठ पनि त्यही छ तर सजाबट र आधुनिकताको हिसाबले छठ घाट, निष्ठा, व्रत भन्दा पनि शैली (स्टाईला) प्रदर्शन गर्नको लागि मात्र छठी घाट गएको महसूस गर्न पाईन्छ ।
छठमा माछा, मरुवा, लसुन, प्याज त्याग्नुको अर्थ र खुल्ला कपाल नराख्नुको अर्थ धेरै कुरा दर्साउँछ । जानकारहरुले छठमा खुल्ला कपाल राख्नुहुँदैन, किनभने धार्मिक दृष्टिकोणले खुल्ला कपाल राख्नु भनेको यौन चाहनालाई पनि दर्साएको हुनुपर्छ । लसुन प्याज, माछा, मरुवा, माँसाहारी भोजन त्यागको अर्थ पनि त्यति हो की निष्ठाको महान व्रतमा यौनप्रतिको दृष्टिकोण उब्जीए व्रत भँग हुने गर्छ । तर, शहरमा हुने छठले त्यही कुरालाई आत्मसात तर्फ उन्मुख भईरहेको देखिएको छ । गँगासागरकै उदाहरण लिंदा राती छठमा नजिकै रहेको भूतनाथ मन्दिर सहित विभिन्न चोक र पार्कको दृश्य हेर्दा एउटै शब्द निस्किन्छ : हरेशिव यो के भईरहेको छ ? कस्तो जमाना आयो है ?
छठमा पनि लाग्ने मेलामा देखीने दृश्य देखेर पनि अनदेखा गर्न सकिन्छ तर त्यसलाई नकार्न सकिदैन । घरबाट खुल्ला रुपमा निस्कने बहानाको रुपमा पनि छठलाई लिन सकिन्छ । स्वतन्त्रता सबैको अधिकार हो, मानव जीवनमा स्वतन्त्रता अति आवश्यक मानिएको छ तर त्यसकै आडमा गलत फाईदा उठाउँदा त्यसप्रति पनि अभिभावक सजग हुनु जरुरी छ । आधुनिकतालाई आत्मसात गर्नु जरुरी छ तर पर्वको पौराणिक निष्ठालाई घात नपुग्ने गरी । त्यही ग्रामिण भेकमा अहिले पनि पौराणिक निष्ठा जीवन्त रहेको महसुस गर्न सकिन्छ ।
हुनतः शहरिया आधुनिकता स्कूल, कलेज पढन गाउँबाट बाहिरिएका नयाँ जेनेरेशनले सार्ने कार्य सुरु गरिसकेको छ । जे होस्, नेपालको तराई मधेशको विभिन्न जिल्लामा सबभन्दा ठुलो र महान पर्वको दर्जा दिएको छठलाई पौराणिक मूल मर्मलाई जीवन्त राख्न आस्थाकै रुपमा जीवन्त राख्न सबै ठाउँबाट पहल आवश्यक रहेको देखिएको छ ।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…