धनुषा प्रहरीद्धारा ७२३ लिटर अवैद्य मदिरा नष्ट
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा प्रहरीद्धारा भारी मात्रामा अवैद्य मदिरा नष्ट गरिएको छ । समुदाय– प्रहरी साझेदरी कार्याक्रम अन्तर्गत मँगलबार जिल्ला प्रहरी कार्यालय धनुषा मातहतको वडा प्रहरी कार्यालय मुजेलिया धनुषाद्धारा ७ सय २३ लिटर अवैद्य मदिरा नष्ट गरिएको हो । चाडपर्वको बेला विभिन्न समयमा बिभिन्न मदि

२०७६ कार्तिक १२ मंगलबार, बेलुकी ५:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा प्रहरीद्धारा भारी मात्रामा अवैद्य मदिरा नष्ट गरिएको छ ।
समुदाय– प्रहरी साझेदरी कार्याक्रम अन्तर्गत मँगलबार जिल्ला प्रहरी कार्यालय धनुषा मातहतको वडा प्रहरी कार्यालय मुजेलिया धनुषाद्धारा ७ सय २३ लिटर अवैद्य मदिरा नष्ट गरिएको हो । चाडपर्वको बेला विभिन्न समयमा बिभिन्न मदिरा पसल र सवारी साधन चेक जाँच गर्ने क्रममा नियन्त्रणमा लिई बरामद गरी राखिएको अवैध घरेलु मदिरा ७ सय २३ लिटर नष्ट गरिएको हो ।
स्थानिय जनप्रतिनिधीहरु, भद्रभलादमीहरु, संचारकर्मी लगायतको उपस्थितिमा मुचुलका खडा गरी वडा प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब नीरिक्षक राम आदेश प्रसाद यादवको कमाण्डमा ११ जना प्रहरी टोली, ट्राफिक प्रहरी समेत गरी २७ जनाको उपस्थितिमा कार्यालयकै हाता भित्र खाल्टो खनि उक्त परिमाणको मदिरा नष्ट गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…