रौतहटमा दीपावलीको दियोबाट आगलागी हुँदा लाखौंको क्षति, एकको मृत्यु
न्यूज ब्यूरो, रौतहट । रौतहटमा विभिन्न ६ स्थानमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । सोमबार दीपावलीको दियोबाट आगलागी भएको हो । गुजरा नगरपालिका ९ सिम्राभवानीपुरका छठु ठाकुरको दुईतले काठको घरमा भएको आगलागीमा अन्नपात र लताकपडा गरी दुई लाख रुपैयाँ बराबरको क्षति भएको छ । यस्तै, बौधीमाई नगरपालिका वडा नम्बर

२०७६ कार्तिक ११ सोमबार, दिउँसो २:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटमा विभिन्न ६ स्थानमा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।
सोमबार दीपावलीको दियोबाट आगलागी भएको हो । गुजरा नगरपालिका ९ सिम्राभवानीपुरका छठु ठाकुरको दुईतले काठको घरमा भएको आगलागीमा अन्नपात र लताकपडा गरी दुई लाख रुपैयाँ बराबरको क्षति भएको छ । यस्तै, बौधीमाई नगरपालिका वडा नम्बर ६ का बिन्दाराय यादवको घर आगलागी हुँदा २ लाख, वडानम्बर ४ का लखिन्दर यादवको गोठ आगलागी हुँदा ४० हजार बराबर क्षति भएको छ ।
उता मौलापुर नपा १ का बसन्त बैठाको कच्ची घरमा आगलागी हुँदा १ लाख ४० हजार, वडानम्बर ६ का हरेन्द्र महराको गोठ आलगागी हुँदा ५० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । आइतबारै दुर्गाभगवती गापा ५ का लखिचन्द साहको ५० हजार नगद तथा ४० हजार बराबरका कपडा जलेका छन् । यसै क्रममा दिवालीमा वत्ति बाल्न विद्युत जडान गर्ने क्रममा कटहरिया नपा १ का छठु महराका १८ बर्षीय छोरा हरिकिशोर महराको करेन्ट लागेर ज्यान गएको छ ।
चन्द्रपुर ६ स्थित आफन्तको घरमा विद्युतको स्वीच जोडने क्रममा महरालाई करेन्ट लागेको थियो । उनको तत्कालै उपचारका लागी चन्द्रपुर अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…