पुरानो स्कूलको याद अहिले पनि यहाँ तानेर ल्याउँछ : पूर्व विद्यार्थीहरु
न्यूज ब्यूरो, धनुषा । धनुषाको उच्च माध्यमिक विद्यालय प्रीतपुर पर्वतामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ५ उच्च माबि प्रीतपुर पर्बतामा २०६७/६८ एस एल सि ब्याचका बिद्यार्थीहरुद्वारा आयोजित हाजरी जवाफ प्रतियोगिता तथा दिपावली तथा छ्ठ पर्वको शुभकामना अदानप्रदान क

२०७६ कार्तिक ८ शुक्रबार, राति ९:०० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषाको उच्च माध्यमिक विद्यालय प्रीतपुर पर्वतामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ५ उच्च माबि प्रीतपुर पर्बतामा २०६७/६८ एस एल सि ब्याचका बिद्यार्थीहरुद्वारा आयोजित हाजरी जवाफ प्रतियोगिता तथा दिपावली तथा छ्ठ पर्वको शुभकामना अदानप्रदान कार्यक्रम गरिएको हो । सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जागेश्वर प्रसाद साहले विधालयबाट अध्यनरत भई व्यावासायिक जीवनमा पुग्न पछिल्लो ब्याचका विद्यार्थीहरुको उदाहरण प्रस्तुत गरेका थिए ।

बिधालयका त्यस ब्याचका सम्पुर्ण बिद्यार्थीहरु सहयोग गरि बिधालयमा गुणस्तरीय शिक्षा एवं गुणस्तरीय बिद्यार्थी निर्माणको लागि सबैले आ आफ्नो तर्फबाट सहयोगको अपेक्षा राखिएको थियो । सो क्रममा त्यसै विद्यालयका भूपू विद्यार्थी तथा हाल ईन्जिनीयर मन्दीप कुमार महतोले जहाँबाट यत्रा विद्यार्थीहरु बाहिर निस्केर आज समाज सुधारक बनेको छ त्यस विद्यालयलाई थप गुणस्तरीय बनाउको लागि सक्दो सहयोगको प्रतिवद्धता व्यक्त गरे ।
प्रधानाध्यापक सहित अन्य शिक्षकहरुलाई विद्यार्थीहरुले मायाको चिनो स्वरुप घडी प्रदान गरेका थिए भने विद्यार्थीहरुलाई आर्शिवाद र सम्मान स्वरुप शिक्षकहरुले अबिर लगाएर स्वागत गरेका थिए ।
उनले भने, - "भोलिको दिनमा आफनो पारिश्रमिकबाट हामीहरु केही रकम छुट्टाई यस्ता यस्ता कार्यक्रमहरु गरि निरन्तरता राख्नेछौं ।" सो क्रममा त्यही विद्यालयबाट पढेका विद्यार्थी डा. सुनिल दाहाले विद्यालयको गुरुवर र विद्यालयबाटै पाएको मायाको साइनोलाई जीवनभरी स्मरण राख्ने बताए । उनले अभिभावकपछिको गुरु विद्यालयमा पाएको तथा सफलताको भरयाँग यही विद्यालयबाट चढेको भन्दै विद्यालयका सम्पूर्ण भूपू शिक्षक शिक्षिकाहरुमा नमन गरे ।
सो कार्यक्रमको दौरान त्यही विद्यालयमा अध्ययन गरेका विद्यार्थी एवम् पत्रकार विनय कुमार यादवले विद्यालयप्रतिका माया र लगावले कुनै कुनाबाट तानेर विद्यालयतर्फ आकर्षण गरी ल्याएको जीकिर गरे । उनले आफ्नो पुरानो विद्यालयका स्मरणले देश वा विदेशको कुनै कुनामा बसेपनि स्मरण रँगीन बनाउने गरेको सुनाए ।
त्यही ब्याचका विद्यार्थीहरुद्धारा आयोजना गरिएको हाजिरी जवाफ प्रतियोगितामा कक्षा ७,८,९,१० र ११ कक्षा सम्मका बिद्यार्थी सहभागी गराएको थियो । पहिलो , र दोस्रो , तेस्रो लाई पुरस्कार बितरण बिधालयका प्रधानध्यापकको हातबाट दिएको थियो । विद्यालयका प्रअ जागेश्वर साहकै अध्यक्षतामा भएको सो कार्यक्रमको दौरान नर्स सुना पोख्रेल , निरजला तिमिल्सिना लगायतले शुभकामना मनतव्य राखेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…