काठमाडौं तीनकुने क्षेत्रमा सरसफाई अभियान थालनी
तीनकुने सरसफाईसँगै जनचेनता अभिवृद्धिको लक्ष्यसहित थालिएको अभियान निरन्तर जारी रहने अभियन्ता श्रुति सिंहले जानकारी दिइन् ।

२०७६ कार्तिक ७ बिहीबार, राति ९:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । काठमाडौं तीनकुने क्षेत्रमा सरसफाई अभियानको थालनी गरिएको छ ।
सरसफाई अभियान अन्तर्गत आज (बिहीबार) चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौं भ्रमणमा आएका बेला मोटो रकम खर्चिएर सजाइएको तीनकुने क्षेत्रमा सरसफाई गरिएको छ । सरसफाई अभियन्ता सिरहाका धिरेन्द्र साह र श्रुति सिंहसहितको एक समूहले सो क्षेत्रमा सरसफाई गरेका हुन् ।
तीनकुने सरसफाईसँगै जनचेनता अभिवृद्धिको लक्ष्यसहित थालिएको अभियान निरन्तर जारी रहने अभियन्ता श्रुति सिंहले जानकारी दिइन् । सरसफाई कार्यक्रममा विभिन्न क्षेत्रका उल्लेख्य व्यक्तिहरु सरिक भएका थिए । उनीहरुले तीनकुने क्षेत्रलाई सफा र सुन्दर राख्ने अठोट लिएका छन् ।
सिरहाका सरसफाई अभियन्ता धिरेन्द्र साह देशको विभिन्न स्थानमा सरसफाईमा सक्रिय छन् । सरसफाईमै समर्पित रहेका साहको अगुवाईमा सो क्षेत्रमा पनि सरसफाई अभियानको थालनी गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…